Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»अर्थतन्त्र

    अनुदानमा आश्रित जुम्लाका उद्योगहरू बन्द

    soraj shahiBy soraj shahiJuly 16, 2025Updated:July 17, 2025 अर्थतन्त्र No Comments3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    असार ३२ जुम्ला ।

    अनुदानमा आश्रित भएर सञ्चालनमा आएका जुम्लाका धेरै उद्योगहरू अनुदान रोकिएपछि बन्द भएका छन् । उद्योगहरू अनुदान पाइरहँदा मात्र सञ्चालनमा आएका थिए । अनुदानको सहारामा टिकिरहेका उद्योगहरूले सरकारी र गैरसरकारी निकायको सहयोग बन्द भएपछि उत्पादन नै ठप्प पारेका छन् ।

    यसले स्थानीय रोजगारी र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव परेको उद्योगीहरू बताउँछन् । अनुदानको लोभमा धमाधम उद्योग दर्ता गरेपनि अनुदान पाउन छोडेसँगै उद्योग बन्द हुने क्रम बढेको हो । वर्षेनी दर्ता हुने उद्योगले न त प्रशोधन तथा उत्पादन गर्न सकेका छन् या त रोजगारी सिर्जनामै टेवा पुर्याएका छन् । जुम्लामा निर्वाहमुखी, नाफामुखी, व्यावसायिकमैत्री र उत्पादनमुखी भन्दा अनुदानमुखी उद्योग बढी छन् ।

    Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

    अनुदान लिनका लागि उद्योग दर्ता गर्ने र अनुदान सकिएसँगै उद्योग बन्द गर्ने प्रवृत्ति बढ्दो छ । यसले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा कुनै योगदान गर्न सकेको छैन । टाठाबाठा र पहुँच हुनेहरुले उद्योग दर्ता गर्ने र राज्यको अनुदान लिने भन्दा कुनै काम भएको छैन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्यांक अनुसार हाल जुम्लामा एक हजार ५३५ वटा उद्योग बन्द अबस्थामा रहेका छन् ।

    जिल्लामा हालसम्म सात हजार ६८२ वटा उद्योग दर्ता रहेका छन् । जसमा उद्योग उत्पादनतर्फ ४ हजार ४१७ र बाणिज्य उद्योगतर्फ ३ हजार २६५ उद्योग दर्ता रहेका छन् । जसमध्ये हाल ६ हजार १४७ उद्योग मात्रै सञ्चालनमा रहेका छन् । त्यसमा पनि उत्पादनमुखी उद्योग दर्ता भएका चार हजार ४१७ उद्योग मध्ये ३ हजार ६९ उद्योग सञ्चालनमा हुँदा एक हजार ३४८ उद्योग बन्द भएका छन् ।

    त्यस्तै वाणिज्य उद्योगतर्फ दर्ता भएका तीन हजार २६५ उद्योगमध्ये तीन हजार ७८ उद्योग सञ्चालनमा छ । बाँकी १८७ वटा उद्योग बन्द भएका छन् । यसरी हालसम्म एक हजार ५३५ उद्योग बन्द भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख मन्दिरनाथ योगीले अनुदान पाउन छोडेसँगै धमाधम उद्योग बन्द हुन थालेको बताउनु भयो । विगतमा अनुदान नेता कार्यकर्ताले भनेकै भरमा पाइने भएपछि उद्योग दर्ता भएका थिए ।

    अहिले अनुदानमा कडाई भएको हुँदा उद्योग बन्द भएको उहाँको भनाइ छ । पछिल्लो समय उद्योग खारेज नै गर्ने क्रम पनि बढेको छ । त्यसको एकिन तथ्यांक निकाल्दै छौँ । दर्ता उद्योगमध्ये एक हजार ५ सय भन्दाबढी उद्योगले उत्पादन प्रशोधनको कुनै काम नगरी फेरि पनि अनुदान पाउने आशमा बन्द छन् ।

    अनुदान पाउने आशा नगरेका उद्योगहरु उत्पादन बिनै सरकारलाई राजस्व बुझाउनु पर्ने भएपछि धमधम बन्द गर्न थालेको प्रमुख योगीले उल्लेख गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जिल्लाको उद्यमशीता विकास, उत्पादन वृद्धि र प्रशोधनलाई प्रभावकारी बनाउन वास्तविक उद्यमीलाई लगानी बढाउनु पर्ने बताउनु भयो । उद्यमीका नाममा अनुदान पचाउनेलाई नियमन गर्न संयन्त्र नै खडा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    यता उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले अनुदानमुखी उद्योगलाई नियमन गर्न अनुगमन तथा निरीक्षण प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । उहाँले राम्रो गर्ने उद्योगीलाई प्रोत्साहन गर्ने र अनुदान मात्र पचाउन उद्यमी बन्नेलाई कारबाही प्रक्रियामा लैजानुपर्ने बताउनु भयो । प्रदेश सरकारले नविकरणमा राजस्व वृद्धि गर्नु, आर्थिक मन्दी हुनु र अनुदानमा आधारित उद्योग स्वतः बन्द हुने प्रवृत्तिले उद्योग खारेजी बढ्दै गएको छ ।

    तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै २०३ वटा उत्पादनमुखी उद्योग दर्ता भएका हुन् । गत वर्षमा दुई सय उद्योग दर्ता हुँदा ८१ वटा उत्पादनमुखी उद्योग खारेज भएका थिए । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले विभिन्न शीर्षकमा यस वर्ष एक करोड ४२ लाख ६ हजार ७२० रुपैयाँ राजस्व संकलन भएको जनाएको छ । कार्यालयले सिलाई कटाई, उद्योग प्रर्वद्धन, हाउस वायरिङ, राडीपाखी बुनाइ, आधारभुत ब्युटीपार्लर ड्राइभिङ तालिम, मार्वल विछ्याउनेलगायतका तालिम सञ्चालन गरेको थियो ।

    Post Views: 28

    चयनहरू ताजा खबर मुख्य समाचार विज्ञान
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    soraj shahi
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.