भदौ ८ जुम्ला
विभिन्न विद्यार्थी संघ संगठन परित्याग गर्दै ३३ जना विद्यार्थी अनेरास्ववियु जुम्लामा आवद्ध भएका छन् । कालिकोट, जाजरकोट र जुम्लाका ३३ जना विद्यार्थी अनेरास्ववियुमा आवद्ध भएको अनेरास्ववियुका सचिवालय सदस्य बिराज भण्डारीले बताउनु भयो ।
नवप्रवेशि विद्यार्थीर्ला नेकपा एमालेका जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगी, नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष शान्तिलाल महत, अनेरास्ववियु केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगी, प्रदेश सल्लाहकार गोरख पछाइ, पार्टी सचिब मान बहादुर रोकाया र जिल्ला कमिटि सदस्य सुमन आचार्यले खादा र अबिर लगाई स्वागत गर्नु भएको छ ।
यसैगरी, जुम्लाका आठवटै स्थानीय तहमा इन्चार्ज तोकिएको छ । चन्दननाथ नगरपालिकामा गोकर्ण डाँगी, तातोपानी गाउँपालिकामा पदम न्यौपाने, तिला गाउँपालिकामा सुजता रावत, हिमा गाउँपालिकामा निशा रोकाया, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा भिजन वड, पातारासी गाउँपालिकामा देवचन्द्र बुढा र गुठीचौर गाउँपालिकामा नविन जैशीलाई इन्चार्ज तोकिएको भण्डारीको भनाइ छ ।

