साउन १ जुम्ला
जुम्ला चन्दननाथ नगरपालिका–३ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरका अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । कर्णाली स्वास्थ्य विज्ञान जुम्लाका स्वयंसेवी समूह एएमआर क्लबका विद्यार्थीले बहिरा आवासीय विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।\
दैनिक जीवनमा सरसफाइ र स्वास्थ्यको महत्वका विषयमा सचेतीकरण गर्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराईए गरिएको एएमआर क्लबका अध्यक्ष प्रदिप नारायण जोशीले बताउनु भयो । बहिरा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्दै व्यक्तिगत सरसफाइमा सहयोग पु¥याउने प्रयत्न गरिएको उहाँको भनाइ छ ।
सामग्रीमा टुथपेस्ट, ब्रस, साबुन, नेलकटर, टोकरी र रुमाल रहेका छन् । प्रत्येक विद्यार्थीलाई दुई सय १० रुपियाँ बराबरको स्वास्थ्य सरसफाइका सामाग्री वितरण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एएमआर क्लबले विगतमा पनि विभिन्न सामाजिक उत्तरदायित्वका स्वयंसेवी कार्यक्रम गर्दै आएको छ । सरसफाइ, संक्रमण नियन्त्रण र जनचेतनामूलक गतिविधिलाई प्राथमिकतामा राख्दै क्लबले अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ ।

