असोज ४ जुम्ला
नेपाल निजामति कर्मचारी संगठन जुम्लाले आगलागि पिडित परिवारलाई राहत हस्तान्तरण गरेको छ । नेकपा एमाले निकट कर्मचारी संगठनले पिडित कमल नेपालीकै घरमा पुगेर शनिवार नगद २६ हजार ७ सय रुपैयाँ राहत हस्तान्तरण गरेको हो । आगलागीबाट पिडित कमल नेपालीको परिवारका राहतका लागि कर्मचारीहरुको तर्फबाट २६ हजार सात सय रुपैया राहत प्रदान गरिएको हो । बाढी पहिरो, आगजनी जस्ता विपद् एकाएक आउँछन् ।
नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष पदम प्रसाद उपाध्यायले शनिवार विहान सबै कर्मचारी संग समन्वय गरि थोरै भएपनि राहत दिईएको बताउनु भयो । उहाँले भन्नुभयो, हामीले सुरुवात मात्रै गरेका हौ । अब अरुले पनि सहयोग गर्ने छन् । यस्तो विपत्तीमा सानो भएपनि सबैले सक्दो सहयोग गर्न जरुरी छ । शुक्रबार आगलागि हुँदा कमल नेपालीको ५ जनाको परिवार विचल्लीमा छ । राहत वितरण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य धर्मराज रावल, मुन प्रसाद खत्री, खडानन्द चौलागाँई, कमला धरला लगायतको सहभागिता रहेको थियो ।
संगठनले आगलागि पिडित परिवारलाई सक्दो सहयोग गर्न सबैमा अपिल गरेको छ । यसैगरी, आगलागी पिडित कमल नेपालीको परिवारलाई गाउँपालिकाले आगलागि भएकै दिन राहत सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार दिउँसो विद्युत सर्ट भई आगजनी भएको थियो । आगजनीबाट नेपालीको १२ कोठे घर पूर्ण रुपमा ध्वस्त हुँदा करिब १ करोड जतिको क्षति भएको छ । लत्ता कपडाफ भाडा कुडाँ, अन्नपात सबै जलेर खरानी भएपछि विचल्लीमा परेको पिडित परिवारलाई तातोपानी गाउँपालिकाले शुक्रबारनै राहत उपलब्ध गराएको हो ।
शुक्रबार गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईको नेतृत्वमा गएको टोलीले भाडाकुँडा, ओेड्ने ओछ्यायने, लत्ता कपडा, खाधन्न लगायतको राहत प्रदान गरिएको छ । आगजनीले सबै जलेको र तत्काल चाहिने सबै राहत सामाग्री हस्तान्तण गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताउनु भयो । उहाँका अनुसार घर निर्माणमा पनि गाउँपालिकाले आवश्यक सहयोग गर्ने छ । गाउँपालिकाले आगलागि भएकै दिन अध्यक्ष सहित आएर राहत सामाग्री दिनुका साथै, दुःखमा हामी छौ भन्ने ढाडस दिएपछि निकै राहत महसुश गरेको पिडित कमल नेपालीले बताउनु भयो ।

