Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - एउटै बगैँचाबाट साढे तीन करोडको स्याउ निर्यात हुँदै
    समाचार

    एउटै बगैँचाबाट साढे तीन करोडको स्याउ निर्यात हुँदै

    naurate nepaliBy naurate nepaliSeptember 1, 2025Updated:September 1, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Image 2025 09 01 at 09.40.13 32fdc9fe
    गुठिचौर एग्रो फर्म जुम्लाको फुजि स्याउ बगैँचा
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    8 / 100
    Powered by Rank Math SEO
    SEO Score

    भदौ १६ जुम्ला ।
    जुम्ला स्याउ उत्पादनका लागि प्रमुख जिल्ला मानिन्छ । साविक कर्णालीका पाँच जिल्लामध्ये जुम्ला स्याउ खेतीको दृष्टिले सबैभन्दा अगाडि छ । यहाँ करिब चार हजार चार सय हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले लगाएका छन् । पछिल्लो समय परम्परागत खेतीभन्दा उन्नत जातको स्याउ उत्पादनतर्फ किसानको आकर्षण बढ्दो क्रममा छ । २०७७ मा जुम्ला गुठिचौर गाउँपालिका–५ जजला धपडामा सबै भन्दा ठुलो उन्नत जातको स्याउ खेती सुरु गरिएको हो ।

    २०७८ मा उक्त बगैँचाबाट स्याउ उत्पादन सुरु भएको हो । १ लाख ७० हजार वर्गमिटरमा ३८ हजार फुजि स्याउका विरुवा लगाईएको छ । जग्गा लिजमा लिएर उच्च घनत्व जातका स्याउ लगाईएको गुठिचौर एग्रोफर्मका योजना अधिकृत केसि भण्डारीले बताउनु भयो । यो वर्ष गुठिचौर एग्रो फर्मले साढे तीन करोडको स्याउ बिक्रि गर्ने लक्ष्य लिएको छ ।

    गाला, रेड डेलिसियस, फुजि र गोल्डेन जातको २ हजार क्विन्टल स्याउ निर्यात गरिने भण्डारीले बताउनु भयो । ए ग्रेडको दुई सय ५०, बि ग्रेडको दुई सय र सि ग्रेडको एक सय ५० रुपैयाँमा किनबेच भइरहेको गुठिचौर एग्रो फर्मका संचालक भिम वहादुर भण्डारीले बताउनु भयो । बगैँचामा उत्पादन भएको स्याउ नेपालका ठुला शहर काठमाण्डौँ, नेपालगंज र सुर्खेत लिने गरिएको छ ।

    बगैँचामा २२ जनाले नियमित काम गर्छन भने ३० जना दैनिक ज्याला दारिका कामदाहरु छन् । अहिले बगैँचामा गला र रेडडेलियस जातको स्याउ तयार भएको छ । फुजि जातको स्याउ असोज पहिलो साताबाट संकलन सुरु हुने भण्डारीको भनाइ छ । बगैँचा सम्मै उपभोक्ताहरु स्याउ लिन पुग्ने गरेका छन् ।

    रुखबाटै टिपेर ताजा र आफुले चाहेका स्याउ लिने गरेको उहाँले बताउनु भयो । उत्पादन भएको स्याउ बजारमा राम्रोसँग बिक्रि भएको छ । बजारको अभाव छैन् । कृषि विकास कार्यालय जुम्लाले यो वर्ष १० देखि १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ । असिनापानीले क्षति पु¥याएका कारण उत्पादन गत वर्षभन्दा घटे पनि स्याउको मूल्य भने बढेको छ ।

    गत वर्ष बगैँचामा स्याउको मूल्य ४५ देखि ५५ रुपियाँ प्रतिकेजी किसानले बिक्रि गरेकोमा यो वर्ष ६० देखि ८० रुपियाँसम्म किसानले स्याउ बिक्रि गरि रहेका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ मा जुम्लाबाट मात्रै नौ हजार तीन ९१ मेट्रिक टन अर्थात् ६१ करोड ४१ लाख पाँच हजार रुपियाँको स्याउ निर्यात भएको थियो ।

     

    जुम्लामा स्थानीय स्याउ रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेनसहित उच्च घनत्वका स्याउ फल्ने गरेको छ । जुम्लामा वि.सं. २०७५÷०७६ बाट उन्नत जातका ५८ वटा बगैँचा स्थापना भएका छन् । २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ नीति पनि सरकारले लिएपछि अहिले उत्पादन बढ्दै गएको छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.