पुस १२ जुम्ला
नेकपा एमाले जुम्लाले समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस गरेको छ । खुला तर्फ राजुशरण न्यौपाने, गोर्खबहादुर बुढा, नन्दराम रोकाया र हंश रोकायाको नाम सिफारिस भएको छ । यस्तै महिला तर्फ सिफारस हुनेमा शान्ता शाही, मेनका रेग्मी, मेनका पछाई र पम्फी बुढाको नाम सिफारिस गरिएको नेकपा एमाले जुम्लाले जनाएको छ ।
पिछडिएको तर्फ डाक्टर कुशेन्द्र महत र बिष्णुबहादुर शाहीको नाम सिफारिस गरिएको छ । दलिततर्फ राजकली सार्कीको नाम सिफारिस भएको छ । प्रत्यक्ष तर्फका उम्मेदवार चयन गर्न बाँकी रहेको नेकपा एमाले जुम्लाका पार्टी अध्यक्ष शान्तिलाल महतले जानकारी दिनु भयो । उहाँका अनुसार, पार्टीको सर्कुलर अनुसार समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरिएको हो । प्रत्यक्ष तर्फको उम्मेदवारको नाम पछि सिफारिस हुने महतको भनाइ छ ।

