Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    कर्णालीमा अझै जीवन्त संस्कृति धामी नाच

    soraj shahiBy soraj shahiJuly 20, 2025Updated:July 20, 2025 समाचार No Comments3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन ४ जुम्ला
    आकास सुनार

    कर्णाली प्रदेशका गाउँघरमा धामीको नाच अहिले पनि जीवित सांस्कृतिक परम्परा हो । साउन, भदौ, कार्तिक, माघ, वैशाख र असार पूर्णिमामा विशेष रूपमा धामी नाच देखिन्छ । धामी नाच केवल मनोरञ्जन वा नृत्य मात्र होइन, यो धार्मिक विश्वास, समाजको ऐक्यबद्धता र परम्परागत उपचार पद्धतिसँग पनि गहिरोसँग जोडिएको छ ।

    धामीले झ्याली र ढोलक बाजा बजाउँदै विशेष मन्त्र बोल्ने र नाच्ने गर्दछन् । यसरी नाच्दा गाउँलेहरू विश्वास गर्छन् कि देवीदेवता प्रसन्न हुन्छन् र रोगब्याधि टर्छ । यही कारणले कर्णालीमा आधुनिकता र प्रविधिले धेरै कुरा बदल्दै लगे पनि धामी नाचको परम्परा भने अझै यथावत् छ । यसले कर्णालीको मौलिक संस्कृति बचाई राख्न ठुलो भूमिका खेलेको छ ।

    गाउँबस्तीमा धामीप्रतिको पुरानो विश्वास अहिले पनि कायमै छ । कुनै समय गाउँमा धामी नै पहिलो डाक्टर मानिन्थे । घरमा विरामी परे वा अन्य समस्या आए सबैभन्दा पहिले धामी कहाँ पुगेर हेराउने चलन थियो । अहिले पनि यो परम्परा ज्यूँका त्यँु छ । गाउँका धामीहरूलाई श्रद्धाका साथ सम्मान गर्ने परिपाटी अझै कायम रहेको गुठिचौर–४ का रातो धामीले बताउनु भयो ।

    घरमा समस्या भए वा सपना नराम्रो देखे पनि धामी हेराउन आउने चलन कायमै रहेको उहाँको भनाइ छ । यसैगरी, चन्दननाथ नगरपालिका–६ छिना गाउँका बाबिरा मष्टोका धामी अमर बहादुर थापाका अनुसार बच्चा नभएका दम्पतीदेखि विरामी बच्चा लिएर आउने, नयाँ घर बनेपछि पुजा गर्ने, विवाहको लगन माग्ने जस्ता कामका लागि धेरै मानिस धामीकहाँ पुग्ने गरेको बताउनु भयो ।

    उहाँले दैनिक २५ जना भन्दा बढी मानिसलाई हेराई दिने गर्नु भएको छ । अहिले पनि स्वास्थ्य संस्था पुग्नु अघि धामी कहाँ पुग्ने चलन कायमै छ । यद्यपि पछिल्लो समय धामीहरूले पनि गम्भीर अवस्थाका बिरामीलाई स्वास्थ्य संस्थामा लैजान सुझाउने गरेका छन् ।

    हरेक गाउँमा रहेका थान (मन्दिर) मा पुगेर पुकार गर्ने चलनले पनि धामी प्रतिको आस्था अझै मजबुत देखिन्छ । आधुनिक स्वास्थ्य सेवा विस्तार भइरहे पनि जुम्लामा धामी–झाँक्रीप्रतिको विश्वास र सम्मान यथावत छ । धामी झाँक्री प्रथाले जुम्ला लगायत कर्णालीका गाउँघरमा गहिरो जरा गाडेको छ ।

    पुस्तौँ देखिका परम्परा, संस्कार र धार्मिक मान्यता उनीहरूसँग गाँसिएका छन् । धामी कहाँ जाँदा मानिसलाई आफ्ना समस्याको समाधान हुने र पिडा कम हुने गरेको स्थानीय टंक शरण आचार्यले बताउनु भयो । घरमा फलेको नयाँ अन्न देउताका नाममा चढाए पछि खाने चलन रहेको उहाँको भनाइ छ ।

    धामीले मन्त्र, तान्त्रिक विधि र विश्वासको माध्यमबाट मानिसको मनोबल बढाउने गरेका छन् । स्वास्थ्य संस्था टाढा भएका गाउँमा पहिले–पहिले धामी नै सबै रोगको उपचार गर्ने आधार थिए । अहिले पनि तत्काल डाक्टर नपुग्दा गाउँलेहरु पहिले उनीहरूकैमा पुग्छन् । धामी–झाँक्रीको चलनले स्थानीय कला, गीत, नृत्य र रीतिरिवाज जगेर्ना गर्न मद्दत गरेको छ ।

    Post Views: 15

    चयनहरू ताजा खबर मुख्य समाचार विज्ञान
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    soraj shahi
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.