Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - खेलकुद - कर्णालीले खेल क्षेत्रमा देशको नेतृत्व गर्छ ः मन्त्री भण्डारी
    खेलकुद

    कर्णालीले खेल क्षेत्रमा देशको नेतृत्व गर्छ ः मन्त्री भण्डारी

    karnaliajaBy karnaliajaMay 6, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    26421
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वैशाख २३ जुम्ला
    वैशाख २२ जुम्ला । जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले कर्णाली प्रदेश खेलकुद क्षेत्रमा देशलाई नेतृत्व गर्न सक्ने बताउनु भयो । उहाँका अनुसार विद्यालय स्तरबाटै सक्षम र दक्ष खेलाडी उत्पादन हुने भएकाले यस्ता प्रतियोगिताले प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्छन् ।

    विकट क्षेत्र हिमा गाउँपालिकामा आयोजना गरिएको यस कार्यक्रमले कर्णालीमा सकारात्मक सन्देश प्रवाह गरेको उहाँको भनाइ थियो । कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सिँजा क्षेत्र सांस्कृतिक राजधानी बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । नेपाली भाषाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक स्थलमा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेलकुदको महत्व अझ व्यापक रूपमा फैलाउने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतियोगिताको उद्घाटन सत्र अन्तर्गत मंगलबार भएको १५ सय मिटर दौडमा छात्रतर्फ चन्दननाथ माध्यमिक विद्यालयका युवकराज बुढा प्रथम, कनकासुन्दरी गाउँपालिकाका वीर बहादुर बुढा द्वितीय र हिमा गाउँपालिकाका हिमाल अधिकारी तृतीय हुनु भएको छ । छात्रातर्फ हिमा गाउँपालिकाकी संगिता बुढा प्रथम, स्वतिका बुढा द्वितीय र सिँजा गाउँपालिकाकी सुस्मा चौलागाईं तृतीय हुनु भएको छ । सटपुट तर्फ छात्रतर्फ पातारासी गाउँपालिकाका हेमन्त बुढा प्रथम, कनकासुन्दरीका सुवास बुढा द्वितीय र तातोपानी गाउँपालिकाका नरेन्द्र शाही तृतीय हुनु भएको छ ।

    छात्रातर्फ सिँजा गाउँपालिकाकी गंगा सार्की प्रथम, सपना रोकाया द्वितीय र हिमा गाउँपालिकाकी कमला शाही तृतीय हुनु भएको हो । कबड्डी छात्रातर्फ हिमा र कनकासुन्दरी गाउँपालिकाबीच भएको खेलमा कनकासुन्दरी विजयी भयो भने सिँजा र तिला गाउँपालिकाबीच भएको खेलमा सिँजा विजयी भएको छ । जुम्लाका आठ स्थानीय तह मध्ये सातवटा स्थानीय तहको प्रतियोगितामा सहभागिता रहेको हिमा गाउँपालिका युवा विकास समितिका उपाध्यक्ष धिरेन्द्र रोकायाले जानकारी दिनुभयो ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.