भदौ ११ जुम्ला
अविरल वर्षाले कर्णाली राजमार्गको जुम्ला–कालिकोट सडक खण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला स्थित सडक भत्किएको छ । करिब १० मिटर सडक भत्किदा राजमार्ग अवरुद्ध भएको छ । पिच र छेउको सडक भत्किएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनु भयो । साना गाडीहरु आवत जावत भए पनि ठुला सवारी साधनहरु रोकिएका छन् ।
भत्किएको सडकको अवस्था बुझन कर्मचारी पठाईएको चौधरीले बताउनु भयो । उहाँले भत्किएको सडकमा पर्खाल उठाउनु पर्ने वा रक फुटाउनु पर्ने अवस्था रहेको बताउनु भयो । भत्किएको सडक हेरेपछि मात्रै मर्मत कसरी गर्न सकिन्छ भन्ने हो । स्काभेटरहरु तयारी अवस्थामा रहेका छन् ।
तर, पर्खाल उठाउनु पर्ने र रक फुटाउनु पर्ने अवस्था भएमा स्काभेटरबाट काम नहुन सक्छ । पटक पटक कर्णाली राजमार्गमा आउने पहिरोले नागरिकलाई सास्ती भएको छ । बर्खाको सिजनमा कर्णाली राजमार्गमा आउने पहिरोलो नागरिकलाई दुःख दिइ रहेको छ ।

