भदौ १५ जुम्ला
कर्णाली राजमार्ग सडक अन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको गगनेखोलामा ठुलो ढुङ्गा सहितको पहिरो आइ सडक अवरुद्ध भएको छ । उक्त ढुङ्गा फुटाउन ब्रेकरको प्रयोग प्रयोग भरहेको हुँदा सडक सुचारु हुन करिब ३ घण्टा जति समय लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताउनु भयो ।
भदौ १३ गते सुर्खेत–जुम्ला सडक अन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, गगने खोलामा भत्किएको सडक मर्मत गरी सुचारु भइ सहेको चौधरीले बताउनु भयो । गगने खोलामा ठुला ढुङ्गाहरु खसेर सडकमा झरेको हुनाले फुटाउने कार्य जारी छ ।
अविरल वर्षाको कारण डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको हो । वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत जानकारी दिएको उहाँले बताउनु भयो ।

