Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - कर्णाली समावेशी पत्रकारिता पुरस्कार नौरते नेपालीलाई
    समाचार

    कर्णाली समावेशी पत्रकारिता पुरस्कार नौरते नेपालीलाई

    karnaliajaBy karnaliajaAugust 20, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    FB IMG 1755669861301
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    8 / 100
    Powered by Rank Math SEO
    SEO Score

    जुम्ला । करिब डेढ दशकदेखि ग्रामीण पत्रकारितामा निरन्तर सक्रिय रहँदै आएका पत्रकार नौरते नेपाली यस वर्षको “कर्णाली समावेशी पत्रकारिता पुरस्कार” बाट सम्मानित भएका छन्। कर्णाली प्रदेश सरकारले यसै वर्ष स्थापना गरेको यस पुरस्कारको पहिलो प्राप्तकर्ता नेपाली बनेका हुन्।

    बुधबार कर्णाली प्रदेश स्थापना दिवस तथा सहिद स्मृति दिवसको विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशी र मुख्यमन्त्री यामलाल कँडेलले संयुक्त रूपमा नेपालीलाई प्रमाणपत्रसहित रु. ३५ हजार राशिको पुरस्कार प्रदान गरेका थिए

    जुम्लाको गुठिचौर गाउँपालिका–५, देपालगाउँका स्थायी बासिन्दा नेपालीले पत्रकारिताको यात्रा “गाउँकै भुइँतहबाट उठेको आवाज” को रूपमा सुरु गरेका थिए। रेडियो कर्णालीमा कार्यक्रम संयोजक र गोरखापत्र दैनिकका जुम्ला संवाददाता रहँदै उनले स्थानीय विषय, सुशासन, सामाजिक रूपान्तरण र ग्रामीण भोगाइलाई निरन्तर समाचारको केन्द्रमा ल्याउँदै आएका छन्।

    पुरस्कार ग्रहणपछि छोटकरीमा आफ्नो अनुभूति बाँड्दै पत्रकार नेपालीले भने: “यो पुरस्कार मेरो मात्र होइन, कर्णालीका दुर्गम गाउँमा आवाज र प्रकाश खोज्दै हिँड्ने सम्पूर्ण पत्रकारको सम्मान हो। यसले मलाई अझ जिम्मेवार पत्रकारिता गर्ने प्रेरणा दिएको छ।”

    पत्रकार नेपालीले पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन र ग्रामीण जीवनका चुनौतीबारे निरन्तर समाचार प्रवाह गर्दै आएका छन्। स्थानीय आवाजलाई प्रदेश र राष्ट्रिय स्तरसम्म पुर्‍याउँदै उनले पत्रकारितामार्फत समाजलाई सचेत गराउने, सरकारलाई जवाफदेही बनाउन र विकासको प्रश्नलाई सार्वजनिक बहसमा ल्याउने कार्य गर्दै आएका छन्।

    कर्णाली सरकारले पहिलोपटक स्थापना गरेको समावेशी पत्रकारिता पुरस्कारले विशेषगरी ग्रामीण क्षेत्र, सीमान्तकृत समुदाय र विकासका मुद्दामा काम गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। नौरते नेपालीलाई यो पुरस्कार प्रदान गर्नु कर्णाली पत्रकारिताको नयाँ यात्राको सुरुवातका रूपमा लिइएको छ।

    पुरस्कारले नौरते नेपालीको व्यक्तिगत उपलब्धिमात्र होइन, समग्र कर्णाली पत्रकारिताको भूमिका र जिम्मेवारीलाई पनि उजागर गरेको छ। स्थानीय नागरिकले उनलाई दिएको बधाइले, गाउँ–घरमै पनि पत्रकारिता मार्फत ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने  सन्देश थप बलियो भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.