माघ २० जुम्ला
नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिले जुम्लाको निर्वाचन परिचालन समितिको संयोजकमा महिला नेतृ कान्तिका सेजुवालाई तोकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका गतिविधिको नेतृत्व गर्ने गरी सेजुवालाई संयोजक तोकिएको हो । जुम्लामा सेजुवाल संगै नेपाली कांग्रेसले देशभरीका १ सय ६५ वटै निर्वाचन क्षेत्रका लागि चुनावी कमाण्डर तोकेको छ ।
नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिले जुम्ला नेपाली कांग्रेसको निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी तोकेपनि आफुलाई थाहा नभएको नेतृ कान्तिका सेजुवालले बताउनु भयो । ‘कसरी संयोजक तोकियो आफुलाई थाहा नभएको उहाँको भनाइ छ । मलाई नसोधी जिम्मेवारी तोकिएको छ । अहिले मिडियामा आएपछि मात्रै थाहा पाएको उहाँले बताउनु भयो । हिमाली जिल्लामा निर्वाचन हुने वा नहुने टुंगो छैन् । केही दिन भित्र जुम्लामा आउने उहाँको भनाइ छ ।
नेपाली काँग्रेस जुम्लाको निर्वाचन गतिविधिमा जुम्ला आएर सहभागी हुन्छु । आफुले निर्वाह गर्ने भुमिका पुरा गर्ने सेजुवालले बताउनु भयो । साथै कर्णाली प्रदेशमा खटिनेमा नारायणप्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक, रंगमती शाही, जानकी सिंह, दिपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानबहादुर नेपालीलाई कर्णालीका विभिन्न जिल्लाको जिम्मेवारी दिइएको छ ।

