Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार»समाचार

    किसानको आन्दोलनपछि सहमति, शिखर इन्स्योरेन्सको तालाबन्दी खुल्यो

    Aakash SunarBy Aakash SunarJuly 28, 2025Updated:July 28, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला साउन १२

    जुम्ला — स्याउ उत्पादनमा भएको क्षतिपछि बीमा भुक्तानी माग गर्दै शिखर इन्स्योरेन्स जुम्ला शाखामा किसानहरूले थालेको तालाबन्दी ११ बुँदे सहमतिसँगै अन्त्य गरिएको छ। किसान राजबहादुर खत्रीका अनुसार, साउन २ गतेदेखि सुरु भएको तालाबन्दी विस्तृत वार्ता र सहमतिपछि खोलिएको हो।

    लगातारको मौसमी प्रतिकूलताका कारण स्याउबारीमा व्यापक क्षति पुगेपछि बीमा दाबीको लागि किसानहरू पटक–पटक बीमा कम्पनी धाउँदै आएका थिए। तर सुनुवाइ नहुँदा किसानहरू आन्दोलनमा उत्रिन बाध्य भएका थिए। आन्दोलन चर्किएपछि सरोकारवाला पक्षबीच संवाद प्रक्रिया अघि बढेको र अन्ततः सहमतिमा पुगेको किसानहरूको भनाइ छ।

    किसान महासंघका केन्द्रीय सदस्य तथा आन्दोलन संयोजक खड्ग बहादुर सेजुवालले बीमा कम्पनीले प्रक्रियागत कमजोरी स्वीकार्दै समस्याको समाधानतर्फ अग्रसर भएको जनाए। उनका अनुसार, कम्पनीले किसानको गुनासोलाई गम्भीर रूपमा लिँदै ७ दिनभित्र बीमा रकम भुक्तानी गर्ने सहमति जनाएको छ।

    वार्ता टोलीमा शिखर इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक उदित प्रसाद काफ्ले, नायब प्रबन्धक सार्थक राज पाण्डे, प्रदेश प्रमुख गणेश प्रसाद जोशी, कर्णाली प्रदेश इञ्चार्ज ऋषिराम पाण्डे र जुम्ला शाखा प्रमुख लक्ष्मण उपाध्याय काफ्ले सहभागी थिए। किसान प्रतिनिधिमा सेजुवालसहित महानन्द चौलागाईं, राजबहादुर खत्री, मन्न बहादुर थापा र भैरव बहादुर धराला थिए।

    सहमति अनुसार किसानहरूले बीमा दाबीका लागि आवश्यक कागजातहरू — लालपुर्जा, नागरिकता, स्वामित्व प्रमाण, लिज सम्झौता, नाता प्रमाण र चेकको प्रतिलिपि — पेश गर्नुपर्नेछ। यस्ता प्रमाण पेश गरिएको मितिले ७ दिनभित्र बीमा रकम भुक्तानी गरिनेछ। साथै, क्षतिको प्रतिवेदनका आधारमा नगद भुक्तानीको व्यवस्था मिलाइने र आवश्यकता अनुसार पुनः मूल्याङ्कन गरिने उल्लेख गरिएको छ।

    सहमति पश्चात किसानहरूले बीमा भुक्तानीप्रति आशावादी भएको बताएका छन्। “हामीले आवाज उठाएपछि बल्ल सुनुवाइ भएको छ,” किसान नेता सेजुवालले भने, “अब सहमति कार्यान्वयनमा भर पर्छ।”

    Post Views: 62

    चयनहरू ताजा खबर मुख्य समाचार विज्ञान
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.