Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    कोदो प्रवर्धनमा कलम चलाएबापत जुम्लाका पत्रकार सागर परियारलाई राष्ट्रिय सम्मान

    Aakash SunarBy Aakash SunarDecember 30, 2025Updated:December 30, 2025 समाचार No Comments4 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । कर्णाली मिसनका प्रकाशक तथा प्रधानसम्पादक सागर परियार पुरस्कृत भएका छन् । एसोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नालिष्ट (अनाज)ले प्रदान गर्ने कोदो समचार लेखन पुरस्कार-२०८२ अन्तरर्गत कोदोजन्य बाली प्रर्बद्वनका लागि समचार सम्प्रेषण गरे बापत सर्वोकृष्ट पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

    सोमबार सिंहदरबार स्थित कृषि तथा पशुपन्छी मन्त्रालयमा आयोजित एक समारोहका बीच कृषि मन्त्री डाक्टर मदन प्रसाद परियारले पुरस्कार हस्तान्तरण गरेका हुन । पत्रकार परियारलाई नगद १५ हजार सहित सम्मानपत्र र दोसल्ला प्रदान गरेका छन् ।

    जुम्ला र कर्णाली प्रदेश केन्द्र बनाएर पत्रकारिता गर्दै आएका परियारलाई कोदोजन्य बाली प्रवर्धनमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो।लोपउन्मुख कोदो बालिको प्रर्वद्वनका निम्ती पत्रकारिता मार्फत पुराएको योगदानको मन्त्री परियारले प्रसंशा गरे । साथै पत्रकार परियार सहित पाँच पत्रकार पुरस्कृत भएका छन् ।

     

    कोदो खेतीको खेती विस्तार तथा उत्पादन बृद्विका लागि नीति र लगानी बढाउनु पर्नेमा मन्त्रीले परियारले जोडदिए । अर्को वर्षबाट कृषि मन्त्रालय अनाजको समन्वयमा कृषि पत्रिकारिता पुरस्कार वितरण गर्ने कृषि सचिवले बताए ।

    परियार सहित पाँच पत्रकार पुरस्कृत

    सोमबार सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले प्रमाणपत्र, नगद पुरस्कार र दोसल्ला ओढाएर पत्रकारहरूलाई सम्मान गरेका हुन् ।

    एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त आयोजनामा राष्ट्रिय कोदो दिवसको अवसर पारेर ‘कोदो समाचार लेखन पुरस्कार–२०८२’ अन्तर्गत विभिन्न तीन विधामा पत्रकारहरूलाई सम्मान गरिएको हो ।

    बिजमाण्डू डटकमकी संवाददाता सरला सुवेदी र कारोबार दैनिककी संवाददाता कौशिला कुँवरलाई जनही १०–१० हजार रुपैयाँसहित कोदो समाचार लेखन उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ । उनीहरूले कोदोको उत्पादन, बजार र आर्थिक महत्वलाई केन्द्रमा राखेर निरन्तर समाचार लेखन गरेको आयोजकले जनाएको छ ।

    कोदो समाचार लेखन प्रोत्साहन पुरस्कारतर्फ नेपालखबर डटकमका कर्णाली संवाददाता दिनेश कुमार बुढा र डडेल्धुराको रेडियो अमरगढीकी कार्यक्रम संयोजक भावना पौडेललाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । उनीहरू सुर्खेत, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा रहेर कृषि र किसानका मुद्दामा पत्रकारिता गर्दै आएका छन् ।

    कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. परियारले पोषणयुक्त कोदोजन्य बाली प्रवर्धनका लागि कोदो दिवस मनाइनु सकारात्मक पहल भएको बताए । कृषि पत्रकारलाई सम्मान गर्ने कार्यक्रमले रैथाने बालीको महत्व स्थापित गर्न सहयोग पुर्‍याउने उनको भनाइ थियो । सरकारले कोदोजन्य बालीलाई प्राथमिकतामा राख्दै नीतिगत तथा कार्यक्रमगत रूपमा प्रवर्धन गर्ने तयारी गरिरहेको मन्त्री परियारले जानकारी दिए ।

    अनाजका अध्यक्ष किरण आचार्यले कोदोजन्य बाली केवल खाद्य सुरक्षाको विषय मात्र नभई संस्कृति, स्वास्थ्य र साना किसानको जीविकासँग जोडिएको बाली भएको बताए । कोदोका विषयमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको सुरुआत गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। कृषि पत्रकारितामार्फत रैथाने बालीप्रति नीतिनिर्माता र आम जनताको ध्यानाकर्षण गराउनु अनाजको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले आगामी वर्षदेखि मन्त्रालयको तर्फबाट पनि कृषि पत्रकारलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले तथ्यमा आधारित र अनुसन्धानमुखी कृषि पत्रकारितालाई मन्त्रालयले प्रोत्साहन गर्ने बताए।

    अनाजको पहलमा गत वर्षदेखि कोदोजन्य बालीमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो । गत वर्ष पनि छ जना पत्रकारलाई कोदो समाचार लेखन पुरस्कार प्रदान गरिएको थियो । त्यतिबेला हिमालय टाइम्स दैनिकका वरिष्ठ संवाददाता लेखनाथ पोखरेल, अन्नपूर्णपोष्ट दैनिककी वरिष्ठ संवाददाता ममता थापा, मदन पौड्याल, आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्का, टक्सारन्युज डटकमका संवाददाता रबि थापा र रातोपाटी डटकमकी संवाददाता सरिता थारु सम्मानित भएका थिए ।

    यसअघि अनौपचारिक रूपमा मनाइँदै आएको कोदो दिवस यस वर्षदेखि औपचारिक र राष्ट्रिय रूपमा मनाउन थालिएको हो । अनाज र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त आयोजनामा २०७७ सालदेखि साउन १५ लाई सांकेतिक रूपमा कोदो दिवस मनाइँदै आएको थियो । यस वर्ष भने सरकारले अपनत्व लिँदै साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा घोषणा गरेको छ । अब प्रत्येक वर्ष साउन १६ गते कोदो दिवस मनाइने भएको छ ।

    राष्ट्रिय कृषक समूह महासंघ रैथाने उत्पादनको प्रवर्धन र साना किसानको अधिकारका लागि काम गर्ने राष्ट्रिय सञ्जाल हो भने अनाज कृषि सञ्चार प्रवर्धनमा सक्रिय सञ्चारकर्मीहरूको साझा संस्था हो । कार्यक्रममा सम्मानित पत्रकारहरूले यस्ता सम्मानले कृषि पत्रकारितामा थप जिम्मेवारी र ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

    Post Views: 182

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.