जुम्ला । “स्वस्थ सामुदायिक निर्माण : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मुल नारासहित चन्दननाथ नगरपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस उत्साहपूर्ण माहोलमा मनाइएको छ।

प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइने यस दिवसको उपलक्ष्यमा चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले विशेष कार्यक्रम आयोजना गरेको थियो। स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, समुदायका अगुवाहरू तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागितासहित कार्यक्रम सम्पन्न भएको हो।

१० उत्कृष्ट स्वयंसेविकालाई सम्मान आर्थिक वर्ष २०८२/०८३ का उत्कृष्ट १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कार्यक्रममा सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो।

स्वास्थ्य शाखाका अनुसार, लामो समयदेखि समुदायमा गर्भवती महिला सेवा, नवजात तथा मातृ स्वास्थ्य, पोषण कार्यक्रम, खोप अभियान, रोग नियन्त्रण, जनचेतना अभिवृद्धि, घरमै स्वास्थ्य परामर्श लगायतका सेवामा सक्रिय योगदान पुर्याउँदै आएका स्वयंसेविकालाई यस वर्ष विशेष रूपमा सम्मान गरिएको हो।

सम्मानित स्वयंसेविकाहरु चुटिका कुलाल आ.स्वा.से.के. १, ठिन्के च.ना.न.पा–१, सूर्यदेवी भण्डारी आ.स्वा.से.के. २, भण्डारीवाडा च.ना.न.पा–१, कृष्णा पाण्डे आ.स्वा.से.के. ३, सिमखण्डा च.ना.न.पा–२, सबिता धिताल आ.स्वा.से.के. ४, मालाभिड च.ना.न.पा–३, हजमा चनारा बि.क. श.स्वा.से.के. ४, मालाभिड च.ना.न.पा–४, लक्ष्मी थापा आ.स्वा.से.के. ६, छिना च.ना.न.पा–५, निर्मला रावल महत महत स्वास्थ्य चौकी च.ना.न.पा–६, कि कृष्णमाया धराला रोकाया तलिउम स्वास्थ्य चौकी च.ना.न.पा–७, धनलक्ष्मी गिरि आ.स्वा.से.के. ९, मगांद च.ना.न.पा–८, मया गिरि कार्तिकस्वामी स्वास्थ्य चौकी च.ना.न.पा–९, यी दस सक्रिय स्वयंसेविकालाई सम्मानपत्र र दोसल्ला सहित भव्य सम्मान गरिएको हो।

स्वयंसेविकाहरूले आफूमाथि देखाइएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै, आगामी दिनमा अझ उत्साहका साथ समुदायको स्वास्थ्य सुधारमा काम गर्ने प्रतिबद्धता जनाए।

