Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    समाचार

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    naurate nepaliBy naurate nepaliFebruary 5, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    508388873 3360707957409523 1357509484520668222 n
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    माघ २२ जुम्ला
    दलित समुदायलाई निर्वाचनको समयमा मात्रै सम्झिने र मत संकलनको माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाहरूले आग्रह गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटका दलित अगुवा बालाराम नेपालीले राजनीतिक दलहरूले दलित समुदायलाई चुनावका बेला मात्रै प्राथमिकता दिने गरेको आरोप लगाउँदै यस्तो प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।

    उहाँका अनुसार अरु समय राजनीतिक रूपमा बेवास्ता गरिने दलित समुदायलाई चुनाव नजिकिँदा मत संकलन केन्द्रका रूपमा प्रयोग गर्ने गरिएको बताउनु भयो । जुम्लामा एक जना स्वतन्त्रसहित दश जना उम्मेदवार चुनावी मैदानमा रहे पनि कुनै पनि दलले दलित समुदायबाट उम्मेदवार नबनाएको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

    स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा समेत दलित समुदायलाई वास्तविक नेतृत्वमा नल्याई मत संकलनको माध्यम मात्रै बनाउने प्रवृत्ति रहेको उहाँको भनाइ छ । आगामी निर्वाचनमा पनि दलित समुदायलाई टिकट नदिइए पार्टीभित्रैबाट आवाज उठाउनु पर्ने अवस्था आउने उहाँले चेतावनी दिनुभयो । चुनावका बेला दलित समुदायलाई सजिलै प्रभावमा पार्न सकिन्छ भन्ने धारणा मतमार्फत बदल्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

    राज्यको मुलधारबाट पछि पारिएको र लामो समयदेखि उत्पीडनमा परेको समुदायका लागि कुनै पनि राजनीतिक दलले खुला हृदयले सहयोग नगरेको उहाँले आरोप लगाउनु भयो । हामी मत हाल्ने मात्रै होइनौं, उम्मेदवार बन्न पनि सक्षम छौंँ, नेपालीले भन्नुभयो, तर पहुँच र अवसरको अभावले टिकट पाउन कठिन हुने गरेको छ ।

    दलित समुदायको वास्तविक मुक्ति नीति निर्माण गर्ने तहमा प्रतिनिधित्व सुनिश्चित भए मात्र सम्भव हुने उहाँको भनाइ छ । चुनावका बेला दलित समुदायलाई मत हाल्नका लागि मात्रै प्रयोग गर्न खोजिए सचेत हुन उहाँले सबैलाई अनुरोध गर्नु भएको छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.