भदौ ६ जुम्ला
जुम्ला चन्दनाथ नगरपालिका–७ मा रहेको जनता माध्यमिक महतगाउँका प्रधानाध्यापक हरिकृष्ण महतले जन्मदिनको अवसरमा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गर्नु भएको छ । आफ्नै विद्यालयमा अध्ययनरत जेहेनदार र गरिब विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको हो । विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको छ ।
करिब डेढ लाख रुपैयाँको शैक्षिक सामग्री तथा पोशाक वितरण गर्नु भएको छ । विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाउनु भएको छ । ५० औँ जन्मत्सवका अवसरमा विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न, दलित, जेहेन्दार तथा शारिरिक रुपमा अशक्त बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गर्नु भएको हो ।
जन्मदिनका नाममा हुने फजुल खर्चलाई विपन्न बालबालिकाको राहतका लागि लगानि गरेर प्रधानाध्यापक महतले अनुसरण योग्य काम गर्नु भएको छ । विद्यार्थीको समस्या पहिचान गरि आवश्यकतानुसारको सामग्री सहयोग गरिएको छ । जसमा कापी, कलम, ईरेजर, झोला, जुत्ता, कपडा, टाई, स्वीईटर लगायतका शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरिएको हो ।
शैक्षिक क्षेत्रको विकास र उन्नयनका लागि दुई दशक बढी समय खर्चिनु भएका महतले विभिन्न चुनौति र अभावका बिच जनता माध्यमिक विद्यालयलाई जिल्लाकै नमुना बनेको छ । विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक अबस्था उल्लेखीय रुपमा सुधारमा समेत उहाँले उदाहरणीय काम गर्नु भएको छ । प्रधानाध्यापक महतले आफ्नो दुई दशक बढी समय शैक्षिक सुधार र विकासमा मात्र खर्चिनु भएको छ । सामाजिक रुपान्तरण तथा सेवामा समेत निरन्तर खटिनु भएको छ ।
सामग्री वितरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक हरिकृष्ण महतले आफु पनि अभाव र संघर्षबाट माथि उठेको भन्दै बालबालिका शिक्षामा सहयोग गर्न पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो । जन्मदिनमा हुने सबै खर्च सहयोग तथा राहतमा लगानी गर्ने योजना बनाएको उहाँको भनाइ छ । अब हरेक वर्ष विपन्न गरिब, जेहेन्दार बालबालिकालाई राहत प्रदान गरिने छ ।
कपडा नहुनेलाई कपडा, शैक्षिक सामाग्री नहुने शैक्षिक सामाग्री उपलब्ध गराई विद्यालय पहुँचमा पुराईने जानकारी गराउनु भयो । साथै चाडै आफुले होटल व्यवसाय संचालन गर्न लागेको र होटलको आम्दानीको केही हिस्सा निरन्तर गरिब विपन्न बालबालिकाको शैक्षिक अबस्था सुधारका लागि लगानी गर्ने प्रतिबद्वता गर्नु भएको छ ।
जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर महतले जन्मदिनमा लाखौँको सामग्री सहयोग गरेकोमा धन्यबाद दिनुभयो । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले जन्मदिनको नाममा होटलमा पार्टी खाएर फजुल खर्च गर्ने परिपाटि बसेका बेला उदाहरणीय काम गरेकोमा धन्यवाद दिनुभयो । विद्यार्थीको समस्या पहिचान गरी, समस्या र अभाव बुझेर प्रदान गरिएको सहयोग बालबालिकालाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

