भदौ २५ जुम्ला
जिल्ला कारागार जुम्लाबाट ३६ जना कैदीबन्दी भागेका छन् । कारगार भित्र रहेका हतियार र दाउराको प्रयोग गरी मंगलबार राति ११ बजेतिर कैदिबन्दी भागेको प्रहरीले जनाएको छ । भागेका ४१ जना कैदिबन्दी भागेकोमा त्यसमध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छभने अन्य ३६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले बताउनु भयो ।
जेनजी आन्दोलनको मोका छोपि रातिको समयमा कैदिबन्दी भागेका हुन् । डिउटीमा रहेका प्रहरी र जेलर माथि हातपात गर्दै कारागारमा रहेका कैदिबन्दी भागेको उहाँको भनाइ छ । ९७ जना कैदीबन्दी मध्ये ५ जना महिला र ९२ जना पुरुष कैदिबन्दी कारागरामा रहेका थिए । प्रहरी र सुरक्षाकर्मीले मुख्य नाकादेखि गाउँ–वस्तीमा खोजतलासी तीव्र बनाएका छन् ।
स्थानीय बासिन्दालाई पनि सशंकित गतिविधि देखिए तत्काल खबर दिन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै कारागारमा भएको कमजोरीबारे छानबिन सुरु गर्ने जनाएको छ । अहिले फरार कैदीको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।

