मङ्सिर ४ जुम्ला
जुम्लामा देविदत्त गणद्वारा सञ्चालित सि.सं ५१ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमको बिहीबार निरीक्षण गरिएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई नेतृत्वको टोलीले निरीक्षण गरको हो । निरीक्षणका क्रममा टोलीले तालिमको प्रगति, अनुशासन, सहभागिता, तालिमको प्रभावकारिता लगायतका पक्षबारे जानकारी लिएको बताइएको छ ।
देविदत्त गणको जिम्मेवारी क्षेत्र जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ लाम्रा स्थित दुर्गा माध्यमिक विद्यालयमा मिति २०८२ असार ९ गतेबाट सञ्चालन भइरहेको सि.सं. ५१ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिममा छात्र–१५ र छात्रा–१५ गरी जम्मा ३० (तिस) जना शिक्षार्थीहरुलाई विहिबार अध्ययन भ्रमण गरेका हुन् ।
उक्त अध्ययन भ्रमण कार्यक्रमको सिलसिलामा तालिमरत क्याडेट छात्र÷छात्राहरूले ड्रिल, एरोविक्स, तेक्वान्दो पि.टि. तथा खुकुरी ड्रिल प्रस्तुत गरेका छन् । अध्ययन भ्रमणको दौरान तालिमरत ल्ऋऋ क्याडेटहरुलाई विभिन्न स्टलहरु मार्फत् नेपाली सेनाका बारेमा जानकारी, विभिन्न सैनिक कलाहरु÷सैनिक सामाग्रीहरुको प्रर्दशनी गरिएको गणले जनाएको छ ।
उक्त विद्यालयमा तालिम र सि.सं. ५१ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमका छात्र÷छात्राहरुलाई युनिट भिजिट गराई जानकारीमुलक भ्रमण तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा नम्बर २४ वाहिनी अड्डाका सहायक वाहिनीपति, तातोपानी गाउँपालिकाका अध्यक्ष, देवीदत्त गणका गणपति, वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको छ ।

