Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»अर्थतन्त्र

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    Aakash SunarBy Aakash SunarJanuary 16, 2026 अर्थतन्त्र No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    माघ २ जुम्ला

    जुम्ला जिल्लाका तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकाका स्याउ बिमा पीडित किसान र शिखर इन्स्योरेन्स कम्पनीबीच लामो समयदेखि चल्दै आएको बिमा मूल्यांकन विवाद अन्ततः सहमतिमा टुंगिएको छ।

    तातोपानी गाउँपालिकाका स्याउ बिमा पीडित किसानहरूले मिति २०८२ मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत शिखर इन्स्योरेन्स कम्पनी, थापाथली काठमाडौं समक्ष ज्ञापनपत्र बुझाएका थिए। प्रति बिरुवा २४ मात्र क्षतिपूर्ति तोकिएको भन्दै किसान आन्दोलित भएपछि जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको उपस्थितिमा पटक–पटक वार्ता भए पनि निष्कर्ष ननिस्किएको थियो।

    वार्ता निष्कर्षविहीन भएपछि तातोपानी गाउँपालिकाका जनप्रतिनिधि र स्याउ बिमा पीडित किसान सदस्यहरू सम्मिलित डेलिगेसन टोली मिति २०८२ पौष २४ गते काठमाडौं पुगेको थियो। टोलीले पौष २६ गतेदेखि धर्ना कार्यक्रम सुरु गरेपछि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिखर इन्स्योरेन्स कम्पनी, बिमा विकास बोर्ड र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिहरूबीच चरणबद्ध वार्ता भएको हो।

    अन्ततः मिति २०८२ माघ २ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रको रोहवरमा भएको त्रिपक्षीय वार्ताबाट सहमति कायम भएको छ। उक्त सहमतिमा सरकार, शिखर इन्स्योरेन्स कम्पनी र किसान पक्षबीच त्रिपक्षीय हस्ताक्षर गरिएको छ।

    सहमतिअनुसार आ.व. ०८०/०८१ शिखर इन्स्योरेन्ससँग स्याउ बिमा गरेका तातोपानी गाउँपालिकाका करिब ५११ जना किसानका ९७ हजार २२० बिरुवा तथा पातारासी र कनकासुन्दरी गाउँपालिकाका बिमित किसानले संशोधित दरमा क्षतिपूर्ति पाउने भएका छन्।

    सहमति अनुसार शिखर इन्स्योरेन्स कम्पनीले तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकालाई मध्यम खडेरी क्षेत्र मानी पुनर्मूल्यांकन गर्नेछ। यसअघि तोकिएको प्रति बिरुवा २६८ लाई संशोधन गर्दै तातोपानी गाउँपालिकामा प्रति बिरुवा ४०० र पातारासी तथा कनकासुन्दरी गाउँपालिकामा प्रति बिरुवा ३५० कायम गरिएको छ।

    त्यसैगरी नेपाल सरकारबाट प्राप्त हुने अनुदान रकम पछि सोधभर्ना हुने गरी शिखर इन्स्योरेन्स कम्पनीले अनुदान सहितको रकम एकमुष्ट भुक्तानी गर्ने सहमति भएको छ। सहमति भएपछि शिखर इन्स्योरेन्स कम्पनी जुम्लामा लगाइएको तालाबन्दी हटाइने छ भने सहमति भएको मितिले १५ दिनभित्र अपुग कागजात संकलन गरी किसानलाई चेकमार्फत भुक्तानी गर्ने सहमति भएकाे तातोपानी गाउँपालिका ४ का वडाध्यक्ष अमर वहादुर राेकायाले बताउनुु भयाे ।

    यसअघि मापदण्ड नपुगेको भन्दै अस्वीकृत गरिएका बिरुवाको बिमा प्रिमियम रकमसमेत किसानलाई फिर्ता गरिने सहमतिमा उल्लेख भएकाे छ ।

    आन्दोलनमा सहभागी स्याउ बिमा पीडित पहल समितिका संयोजक पदमबहादुर डाँगी, अगुवा कृषक दुर्गा प्रसाद पाण्डे, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू र किसानहरूको एक्यबद्धताले आंशिक भए पनि न्याय प्राप्त भएको किसानहरूको भनाइ छ।

    Post Views: 225

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.