जुम्ला । अहिले फोहोर व्यवस्थापनको अभावका कारण जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै गएको छ। बाटोमा ओहोरदोहोर गर्ने मानिस र खोलानजिकै रहेका पसलहरूले फोहोर व्यवस्थापन गर्न नसकेपछि सिधै खोलामै फाल्ने गरेका छन्, जसका कारण खोलाको रूप र प्राकृतिक सौन्दर्य दुबै हराउँदै गएको छ।
पहिले सफा र स्वच्छ देखिने यो खोलामा अहिले प्लास्टिक, बोटल, रेस्टुरेन्टका फालफाल, टिनका डिब्बा र घरायसी फोहरको थुप्रो देख्न सकिन्छ। यसले वातावरण प्रदूषित बनाउनुका साथै दुर्गन्ध फैलिन थालेको छ।
,नगरपालिकाले फोहोर व्यवस्थापनमा कुनै प्रभावकारी कदम नचालेपछि समस्या झन् गम्भीर बनेको छ। “हामीले पटक–पटक सरसफाइ अभियानको माग गरेका छौं, तर नगरपालिकाले चासो नदेखाउँदा खोलाको अवस्था बिग्रँदै गएको छ,” ।
फोहर र दुर्गन्धका कारण खोलाको आसपासका बस्तीमा रोग फैलिने जोखिम बढेको छ।

