Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    What's Hot
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति
    • चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।
    • जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
    • शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति
    • प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन
    • तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु
    • पातारासी–१ मा ट्याक्टरले ठक्कर दिँदा किशोरको मृत्यु, चालक फरार
    • युवा प्रतिनिधिमा धिरज जैशी चयन
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो

    Aakash SunarBy Aakash SunarNovember 11, 2025Updated:November 11, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला ।   जु्म्लामा निर्माणाधीन बृहत् धौलिगाड खानेपानी आयोजनाको पहिलो प्याकेज निर्माण अलपत्र परेको छ । एक अर्ब २६ करोड लागतको आयोजना सुरु भएको पाँच वर्षमा पनि पहिलो प्याकेजको काम पूरा भएको छैन । २०६६ सालबाट निर्माण सुरु भएको आयोजना बिचमा विभिन्न कारणले अधुरो रहेको थियो ।

    २०७८ साल चैत ५ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेपछि ठेकेदार कम्पनीले निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि आयोजनाको पहिलो प्याकेजको काम पूरा भएको छैन । दुई प्याकेजमा काम भइरहेको उक्त आयोजना अन्तर्गत दोस्रो प्याकेजको धारा निर्माण गर्ने, पाइप लाइन विस्तार गर्ने, ट्याङ्की निर्माण गर्नेलगायतका काम भइसकेका छन् । तर मुख्य मुहान क्षेत्रमा भने अहिलेसम्म कुनै काम सुरु भएको छैन । मुहान क्षेत्रमा पाँच हजार एक सय मिटर प्रिइन्सुलेट (पानी नजम्ने) पाइप बिछ्याउने स्टिमेट छ तर हालसम्म पाइप खरिदको टुङ्गो नलाग्दा पहिलो प्याकेजको काम हुन नसकेको निर्माण कम्पनीले बताएको छ ।

    प्रिइन्सोलेट पाइप चीन, सिङ्गापुरमा मात्रै पाइने र खरिदका लागि खानेपानी विभागले स्वीकृति प्रदान गर्नुपर्ने भए पनि पटक पटक स्वीकृति माग गर्दा विभागले वास्ता नगरेपछि मुहान क्षेत्रको काम अघि नबढेको आयोजनाका साइट इन्जिनियर दिपेश शाहले बताउनुभयो । धौलिगाड खानेपानी आयोजना निर्माणको ठेक्का ‘कालिका सिएबी कनकाई जेभी’ ले पाएको छ । निर्माण कम्पनीका साइट इन्जिनियर शाहका अनुसार हालसम्म चार पटक विभागमा पाइप खरिदको स्वीकृतिका लागि माग गरिएको छ । उहाँले भन्नुभयो, “प्रिइन्सुलेट पाइप खरिदबिना अन्य संरचना बनाएर काम छैन । खरिदका लागि विभागले स्वीकृति दिए खरिद गरेर नेपाल ल्याउन कम्तीमा छ महिना लाग्छ ।”

    स्वीकृति नपाउँदा मुहानमा काम शून्य भएको छ । स्वीकृतिका लागि २०८० साल वैशाख ६ गते पहिलो पटक, २०८१ कात्तिक ६ गते दोस्रो, २०८१ मङ्सिर १० गते तेस्रो र २०८२ जेठ ६ गते गरी चौथो पटकसम्म स्वीकृतिका लागि विभागमा पत्र पठाइएको छ । विभागले कुनै चासो नदिँदा चिसोमा पानी नजम्ने प्रिइन्सुलेट पाइप खरिदमा ढिलाइ भएको र पहिलो प्याकेजको काम अलपत्र भएको छ । पाइप खरिदका लागि कुल चार करोड बजेट छुट्याइएको छ । आयोजनाबाट जुम्लाका गुठिचौर गाउँपालिका, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका झन्डै ६० हजार नागरिक लाभान्वित हुने छन् भने नौ हजार खानेपानी धारा निर्माण हुने छन् । हालसम्म तीन हजार धारा निर्माण भइसकेका छन् ।

    कुल एक अर्ब २६ करोड आयोजनाको पहिलो प्याकेजको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७६ प्रतिशत भएको छ । दोस्रो प्याकेजको भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६६ प्रतिशत भएको साइट इन्जिनियर शाहले जानकारी दिनुभयो । पहिलो प्याकेजको आगामी फागुन १४ गते र दोस्रो प्याकेजको आगामी मङ्सिर ११ गते समय सकिँदै छ ।

    Post Views: 9

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति

    प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन

    तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.