Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लाको अर्गानिक स्याउ निर्यात प्रारम्भ

    naurate nepaliBy naurate nepaliAugust 19, 2025Updated:August 19, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भदौ ३ जुम्ला
    जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको निर्यात सुरु भएको छ । स्याउको रंग र गुलियोपनाको मात्रा बढेपछि निर्यातको प्रक्रिया प्रारम्भ भएको हो । स्याउ पाकेर खाना लायकको भएपछि औपचारिक रुपमा बजारमा बिक्रिका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यस अघि साउन २ गते जिल्लास्थित सरकारी तथा गैरसरकारी संघ–संस्थाको वार्षिक समिक्षा कार्यक्रममा भदौ १५ गतेपछि मात्रै निर्यात गर्ने निर्णय गरिएको थियो ।

    पहिलेको निर्णयलाई उल्ट्याउँदै पाकेको स्याउ ढिलो संकलन गर्दा कुहिएर खेर जाने भएकाले निर्यात प्रारम्भ भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनु भयो । योभन्दा पहिले कृषि विकास कार्यालय जुम्लाले साउन ९ गते सूचना प्रकाशन गर्दै भदौ १५ पछिमात्रै स्याउ टिप्न र निर्यात गर्न भनेको थियो । तर, लुकिछिपि बाह्य बजारमा स्याउ निर्यात हुन थालेपछि पोकेको स्याउलाई निर्यात गर्नको बाटो खुलाईएको छ ।

    अधिकारीले भदौ २ गते जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतमा बसेको सर्वपक्षिय बैठकले पाकेको स्याउ निर्यात गर्न दिने निर्णय गरेको हो । जुम्लाको तल्लो क्षेत्रमा उत्पादित स्याउ छिटो पाक्ने भएकाले सम्बन्धित स्थानीय तहको कृषि विकास शाखाको सिफारिसमा स्याउ निर्यात गर्ने बाटो खुलेको छ । साथै साउन २७ गते पातारासी गाउँपालिकामा जफत गरि भण्डारण गरिएको तिन क्विन्टल स्याउ समेत फुकुवाई गरिएको छ ।

    स्याउ पाकेर बगैँचामा बिक्रिने भएकाले निर्यातका लागि सहज बनाईएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताउनु भयो । सम्बन्धित स्थानीय तहको कृषि विकास शाखाको सिफारिसमा स्याउ निर्यात गर्न थालिएको छ । जुम्लाको स्याउ अर्गानिक भएकाले आन्तरिक तथा बाह्य बजारमा माग उच्च रहने अपेक्षा गरेको छ । त्यस्तै किसानलाई स्याउ प्याकिङका लागि कृषि विकास कार्यालयले अनुदानमा ‘जुम्ला एप्पल’ लेखिएको कार्टुन वितरण गर्दै आएको छ ।

    यस वर्ष पनि अनुदानका कार्टुन वितरण गर्ने कोटेशन खोल्ने तयारी भईरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्टुन खरिदका लागि ६ लाख विनियोजन भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा समयमै कार्टुन खरिद नगर्दा १० लाख बजेट फ्रिज भएको थियो । यस वर्ष समयमै खरिद गरी अनुदानको कार्टुन वितरण गर्न किसानले माग गरेका छन् । यता व्यापारी कालो कामीले भने स्याउ संकलन र निर्यात गर्न पाउने निर्णय गरेपनि अविरल वर्षाका कारण कर्णाली राजमार्ग ध्वस्त भएकाले गत वर्ष जस्तै करोडौँका स्याउ बाटोमै कुहिने जोखिम रहेको बताउनु भयो ।

    ढुवानीमा सहुलियत लगायतका सुविधा राज्यले नदिदा किसान र व्यापारी मारमा पर्ने गरेका छन् । जुम्लामा ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ खेति हुने गरेको छ । यस पटक स्याउको चिचिला लागेको समयमा असिना पानीले परेकोले उत्पादनमा ह्रास आएको किसानहरुको भनाइ छ ।

    Post Views: 111

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.