Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - जुम्लामा दलीय संयन्त्रको प्रेस विज्ञप्ती जारी
    समाचार

    जुम्लामा दलीय संयन्त्रको प्रेस विज्ञप्ती जारी

    naurate nepaliBy naurate nepaliSeptember 12, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    547005151 4058782284339495 5749857769842784529 n
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    भदौ २७ जुम्ला
    जुम्लामा दलीय संयन्त्रको प्रेस विज्ञप्ती जारी भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी दलहरुको संयुक्त विज्ञप्ती जारी भएको हो । चार दलको बैठक बसि मुलुकमा पछिल्लो समयमा उत्पन्न भएको विषम् र असामन्य परिस्थिति सम्बन्धि गम्भीर र संवेदनशील बनेको उल्लेख गरिएको छ ।

    भदौ २३ र २४ गतेका दिन काठमाण्डौँ र विभिन्न शहरमा सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचार र नातावादको विरोध, सुशासन लगायत विभिन्न माग राखेर भएको जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिवाट स्तब्ध हुनुका साथै सो घटनामा परी जीवन गुमाउनु हुने सबै युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    उक्त आन्दोलनका क्रममा ठुलो संख्यामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफन्तको वियोगको पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । अहिलेको विषम् परिस्थितिमा शान्ति, संवाद र समाधानका लागि स्पष्ट हुन समेत दलीय संयन्त्रले अनुरोध गरेको छ । जेन–जी आन्दोलनका क्रममा भएको अकल्पनीय आगजनी, तोडफोड, आक्रमण र लुटपाटले गर्दा राष्ट्रले भयावह विनाश व्यहोर्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    यसमा संलग्न दोषीहरुको पहिचान गरेर कडा कानुनी कारवाही गरिनु पर्ने माग गर्दै यति ठुलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरु किन प्रभावकारी हुन नसकेको भन्ने विषयमा पनि समिक्षा तथा जवाफको दलहरुले माग गरेका छन् । अबको राजनीतिक निकास संविधान सम्मत् रुपमा र लोकतान्त्रिक विधिवाटै खोज्न पनि आग्रह गरिएको छ ।

    सुशासन, नातावादको अन्त्य, तीव्र विकास, रोजगरी सिर्जना जस्ता विषयहरुको संवोधन गरिनु पर्ने विज्ञप्तीमा भनिएको छ । यसका लागि संविधानको मर्म अनुरुप सार्थक संवाद र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपतिलाई ध्यानाकर्षण गराईएको छ । यसैगरी, जेन–जी आन्दोलनका एजण्डाहरुको सम्मान गर्दै वर्तमान परिस्थितिमा संविधान र संसदीय प्रक्रिया भित्रवाट समाधान खोज्नुपर्छ र यसका लागि सर्वपक्षीय बैठक आव्हान गर्न अनुरोध गरिएको छ ।

    धमिलो पानीमा माछा मार्ने र घुसपैठ हुने प्रवृत्ती प्रति सचेत रहँदै संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरुलाई केन्द्र देखि स्थानीय तह सम्म एकजुट र एकमत रहन साथै संवैधानिक तथा लोकतन्त्रको उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गरिएको छ । जुम्लाका दलीय संयन्त्र सबै पक्ष र पुस्तालाई संयमता, उच्च सुझबुझ, सजगता र शान्तिपूर्ण रुपमा निकासका पक्षमा रहन अपिल समेत गरिएको छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.