Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - राजनीति - जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    राजनीति

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    naurate nepaliBy naurate nepaliJanuary 20, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    IMG 20260120 WA0056 1536x807 1
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    माघ ६ जुम्ला
    जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि दश जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट दीप बहादुर शाही, नेकपा एमालेबाट शान्तिलाल महत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नरेश भण्डारीले मनोनयन दर्ता गराउनु भएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञान बहादुर शाही (ज्ञानेन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट विर्ष रावत, नेकपा माओवादीबाट विर्ष बहादुर शाही (प्रभाजित) तथा नेपाल जनता पार्टीबाट रनिल विक्रम शाहीले मनोनयन दर्ता गराउनु भएको छ ।

    यस्तै, जुम्ला तातोपानी गाउँपालिका–३ लिताकोटका भक्त बहादुर रावलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि कुल दश जनाको उम्मेदवारी परेको बताईएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले २०७९ सालको निर्वाचनमा जुम्लाबाट तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन हुँदा पनि २२ हजार ८ सय १९ मतसहित विजयीह हुनु भएको थियो । यस पटकको निर्वाचनमा पनि जुम्लामा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले जिल्लाको समग्र विकास, सुशासनको प्रत्याभुति र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनीहरूले जुम्लामा देखिएका विकासका समस्या समाधान, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् । उम्मेदवारहरूले सडक, खानेपानी, सिँचाइ, विद्युत् तथा सञ्चार जस्ता आधारभूत पूर्वाधारको विकासलाई तीव्रता दिने, कृषिमा आधारित अर्थतन्त्रलाई मजबुत बनाउने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

    विशेषगरी स्याउ, जडीबुटी तथा पशुपालन क्षेत्रको प्रवद्र्धन गरी किसानको आम्दानी बढाउने योजनामा जोड दिने उनीहरूको भनाइ छ । यसैगरी सुशासनका सवालमा उम्मेदवारहरूले भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन र सेवाग्राहीमैत्री सरकारी सेवा प्रवाह सुनिश्चित गर्ने बताएका छन् । जनताका समस्या प्रत्यक्ष सुन्ने, जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने तथा जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन् । साथै, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि दक्ष जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा दुर्गम बस्तीमा सेवा विस्तार गर्ने योजना रहेको उम्मेदवारहरूको भनाइ छ ।

    युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, पलायन रोक्ने र स्थानीय सीप तथा स्रोतको उपयोगमा जोड दिने प्रतिबद्धता समेत जनाइएको छ । उम्मेदवारहरूले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको अपेक्षा गर्दै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् । आगामी निर्वाचनमा जुम्लामा कडा प्रतिस्पर्धा हुने देखिएकाले उम्मेदवारहरू जनताको भरोसा जित्न चुनावी अभियानलाई तीव्र बनाउने तयारीमा जुटेका छन् ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.