Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - तातोपानीका किसानको जुम्ला प्रशासनमा ज्ञापनपत्र : स्याउ बिमामा शिखर इन्स्योरेन्सको मनोमानी मूल्यांकन भएको आरोप
    समाचार

    तातोपानीका किसानको जुम्ला प्रशासनमा ज्ञापनपत्र : स्याउ बिमामा शिखर इन्स्योरेन्सको मनोमानी मूल्यांकन भएको आरोप

    karnaliajaBy karnaliajaDecember 7, 2025Updated:December 7, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    20251207 142734 1
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    8 / 100
    Powered by Rank Math SEO
    SEO Score

    जुम्ला । तातोपानी गाउँपालिकाका स्याउ किसानहरूले बिमा दाबी भुक्तानीमा शिखर इन्स्योरेन्स कम्पनीले “मनोमानी मुल्यांकन” गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

    ‘स्याउ बिमा पिडित पहल समिति’ का संयोजक बदम बहादुर डाँगीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेका किसानहरूले स्याउ उत्पादनमा परेको खडेरीजन्य क्षतिलाई उपेक्षा गरी कम्पनीले न्यून दरमा क्षति मूल्यांकन गरेको गुनासो सार्वजनिक गरेका हुन्।

    खडेरी हुँदा पनि ‘असिना पानी परेको’ भन्दै क्षति निर्धारण गरिएको आरोप किसानहरूका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा तातोपानी गाउँपालिकाभरि चैतदेखि असार १५ सम्म वर्षा नपरी अत्यधिक खडेरी परेको थियो। खडेरीकै कारण स्याउका फूल बोटमै सुकेर झरेको र उत्पादन झण्डै शून्य नजिक पुगेको उनीहरूको दाबी छ।

    तर इन्स्योरेन्स कम्पनीले मौसम तथ्यांक मनोगढन्ते रुपमा पेश गराई असिना–पानी परेको आधारमा क्षति मूल्यांकन गरेको किसानहरूको आरोप छ। केही किसानलाई प्रति बोट रु २४० मात्र क्षति भुक्तानीका नाममा चेक जारी भएको समाचार बाहिरिएपछि किसानहरू आक्रोशित बनेका हुन्।

    स्थानीय सरकार र बैठक निर्णय उपेक्षा गरिएको आरोप ज्ञापनपत्रमा मिति २०८१ वैशाख २५ गते नयाँ पत्रिकामा प्रकाशित ‘खडेरीले बोटमै सुके स्याउका फूल’ शीर्षक समाचार,तातोपानी गाउँकार्यपालिकाको बैठक नं. ९, निर्णय नं. ३ र स्थानीय जनप्रतिनिधिहरूको बारम्बारको जानकारीलाई समेत कम्पनीले बेवास्ता गरेको उल्लेख छ।

    किसानहरूको माग किसान समितिले जिल्ला प्रशासन कार्यालयमा इन्स्योरेन्स कम्पनी र सम्बन्धित निकायहरूलाई निम्न माग राखेको छ ।तातोपानी गाउँपालिका क्षेत्रलाई खडेरी प्रभावित क्षेत्र मानेर पुनः सही ढंगले क्षति मूल्यांकन गर्न। डोगीबाडा (वडा २) स्थित दैनिक वर्षा मापन केन्द्रको २०८० फागुनदेखि २०८१ असार १५ सम्मको डिजिटल रिडिङ ३ दिनभित्र सार्वजनिक गर्न। उचित मानकअनुसार ७ दिनभित्र किसानलाई विमा दाबी रकम भुक्तानी गर्न। माग बेवास्ता भए जुम्लामा लागू भएको स्याउ बिमा कार्यक्रमको सार्वजनिक लेखा परीक्षण तथा कानूनी प्रक्रिया अघि बढाउने।

    आन्दोलनको चेतावनी माग पूरा नभए किसानहरूले चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्। ज्ञापनपत्रको प्रतिलिपि शिखर इन्स्योरेन्स शाखा जुम्ला, कर्णाली प्रदेश कार्यालय सुर्खेत र जिल्ला कृषि विकास कार्यालय जुम्लालगायत निकायहरूलाईसमेत पठाइएको किसान समितिले जनाएको छ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.