Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - जुम्ला इजलासद्धारा ९३ प्रतिशत मुद्दा फछ्र्यौट
    समाचार

    जुम्ला इजलासद्धारा ९३ प्रतिशत मुद्दा फछ्र्यौट

    karnaliajaBy karnaliajaJuly 22, 2025Updated:July 22, 2025No Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    20250722 150414
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    8 / 100
    Powered by Rank Math SEO
    SEO Score

    साउन ६ जुम्ला
    उच्च अदालत सुर्खेत जुम्ला ईजलासले ९३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्ष २०८१÷०८२ कुल दर्ता भएका मुद्दा मध्य असार ३० गते सम्म ९३.०८ प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् । मंगलबार उच्च अदालत सुर्खेत जुम्ला ईजलासद्वारा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा नयाँ दर्ता भएका १९१ र जिम्मेवारी सरेका २६ मुद्दा गरि कुल २१७ वटा मुद्दा दर्ता भएका थिए ।

    जसमा आर्थिक वर्षको असार मसान्त सम्म कुल दर्ता भएका मुद्दा मध्य २०२ वटा अर्थात ९३.०८ प्रतिशत मुद्दा फछ्र्यौट भएको अदालत स्रोतले जानकारी दिएको छ । प्रतिवदेननुसार हाल १५ वटा मुद्दा बाँकी रहेका छन् । वार्षिक फछ्र्यौट लक्ष्य १७८ रहेकोमा लक्ष्य भन्दा बढि मुद्दा किनारा लागेका छन् ।

    आर्थिक वर्ष २०७९÷०८० देखि २०८१÷०८२ सम्म तीन वर्षको तुलना गर्दा आर्थिक २०८१÷०८२ मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको देखिन्छ । तथ्यांंकले उच्च अदालत सुर्खेत जुम्ला ईजलासको न्याय सम्पादन प्रभावकारी बन्दै गएको देखिन्छ । अदालतको तीन वर्षे तुलनात्मक विवरण अनुसार आर्थिक वर्ष २०७९÷०८० मा कुल २५५ मुद्वा दर्ता भएकोमा फछ्र्यौट २०५ भएका छन् भने बाँकि ५० मुद्दा छन् ।

    त्यस्तै आर्थिक वर्ष २०८०÷८१ कूल २७९ वटा मुद्वा दर्ता भएकोमा अन्तिम सम्म फछ्र्यौट २५३ वटा मुद्दा फछ्र्यौट भएका छन् । भने २६ वटा मुद्वा फर्याैट हुन बाँकि रहेका छन् । साथै आर्थिक वर्ष २०८१÷८२ मा २१७ वटा मुद्दा दर्ता हुदा २०२ फछ्र्यौट भएका छन् । पछिल्ला वर्षको तथ्यांकले न्यायीक सेवा सुधार भएको देखिएपनि जनस्तरमा न्यायलय प्रतिका अन्यौलता अझै कायम छ ।

    त्यसैगरी गत आवमाा थुनुवा मुद्वा संख्या ४३ रहेकोमा फछ्र्यौट ४० मुद्वा भएका छन् । थुनुवा मध्य पुरुष ३७ बालबालिका २ रहेका छन् । अदालतमा दर्ता भएका मुद्वाको विवरण हेर्दा रिट निवेदन ३४,जवर्जस्ती करणी ६२, ज्यान मार्ने उद्योग १४, कर्तव्य ज्यान १०, बहुविवाह ५,सम्बन्ध विच्छेद २,सवारी ज्यान ४ ज्यान÷सवारी अंड्ङ्गभङ्ग २, मानव बेचविखन तथा ओसारपसार ५ मुद्वा दर्ता भएका थिए ।

    त्यस्तै जातिय विभेद–२ लागु औषध–१४, अवहेलना २, हातहतियार तथा खरखजना ४, चोरी ९, नकबजनी–१०, अंश–४ अन्य–३४ वटा मुद्वा दर्ता भएका थिए । उच्च अदालत सुर्खेत जुम्ला ईजलासका मुख्य न्यायधिष श्यामजी प्रधानले न्याय सम्पादनलाई नागरिक मैत्री बनाउन जोड दिइरहेको बताउनु भयो ।

    न्यायलयमा नागरिकको सहज पहुँच विस्तारका लागि भर्चुअल बकपत्र देखि छिटो न्याय दिन अदालतका सबै संयन्त्र परिचालन गरिरहेको समेत मुख्य न्यायधिस प्रधानले उल्लेख गर्नुभयो । यसैगरी, उच्च अदालत सुर्खेत जुम्ला ईजलास अन्तर्गत कर्णाली प्रदेशका माथिल्लो कर्णालीका ५ जिल्लाको जिल्ला अदालतको मुद्दाको अबस्थालाई विश्लेषण गरिएको छ ।

    जसमा जुम्ला अदालतमा ३१४ मुद्दा दर्ता हुँदा २१४ फछ्र्यौट भएका छन् । भने १ सय मुद्दा बाँकि छन् । मुगुमा १३५ मुद्दा दर्ता भएकोमा फछ्र्यौट १०३ र बाँकि ३२ वटा मुद्वा रहेका छन् । भने हुम्लामा कूल दर्ता ६९ मुद्दा मध्य ६० मुद्दा फछ्र्यौट र ९ वटा बाँकि छन् । उता कालिकोट जिल्ला अदालतमा कुल २३६ मुद्दा दर्ता भएकोमा १७६ मुद्दा फछ्र्यौट भएको र ६१ बाँकि रहेका छन् । त्यस्तै डोल्पा जिल्ला अदालतमा ७६ मुद्दा दर्ता भएकोमा ५४ मुद्वा फछ्र्यौट र २२ वटा बाँकि छन् ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.