पुस २२ जुम्ला
कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सडकको टोप्ला–इमिच्छा–जाजरकोट सडक खण्ड निर्माण हुने भएको छ । जुम्लाको त्रिवेणी–इमिच्छा जाजरकोट जोड्ने सडक अन्तरर्गतको टोप्ला इमिल्छा हँदै जाजरकोट जोड्ने सडक निर्माण गरिने भएको हो । सुर्खेतको छिन्चु जोड्ने छोटो मार्गका रुपमा रहेको यो सडक टोप्ला इमिच्छा–जाजरकोटसम्मको सडक पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गर्ने भएको छ ।
उक्त सडक निर्माणका लागि बहुवर्षिय योजनाका रुपमा स्रोत सुनिश्चित गर्दै कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आवमा १५ करोड ९० लाख बजेट विनियोजन गरेको छ । सोही बजेट अन्तरर्गत सडक विस्तारको काम अघि बढाउन पूर्वाधार विकास कार्यालय जुम्लाले ठेक्का आह्वान गरिसकेको छ । त्रिवेणी हुँदै टोप्ला इमिच्छासम्म सडक निर्माण भइसकेको छ । उक्त सडक खण्डको त्रिवेणीदेखि टोप्लासम्म बीचको खण्डमा सडक डिभिजनले निर्माण गरेको छ ।
सडक विस्तारले पर्यटकीय क्षेत्र नदै डाबको प्रवद्र्धनमा समेत टेवा पुग्ने छ । टोप्लादेखि जाजरकोटको सीमा क्षेत्रमा जोड्ने सडक पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गर्दै आएको छ । चालु आवमा विनियोजन भएको बजेटबाट निर्माण प्रक्रिया अघि बढाइएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपक रावलले बताउनु भयो । न्युन बजेटका बीच कर्णालीको कठिन भूगोलमा नागरिकको चाहना अनुसारको मापदण्ड विपरितको सडक निर्माण गर्नुपर्ने बाध्यता छ ।
उहाँले टोप्ला–इमिच्छा–जाजरकोट सडक निर्माणका लागि ठेक्का गरिसकेको उहाँको भनाइ छ । हाम्रो टोप्ला–इमिल्चामा १५ करोड बढी बजेट सुरुको विनियोजन भएको छ । तर पनि सीमित बजेटबाटै काम अघि बढाएका छौं । बहुवर्षिय योजनाका रुपमा रहेको सो सडकमा १५ करोडभन्दा बढी स्रोत सुनिश्चिता भएपनि अन्य जिल्लाको तुलनामा जुम्लामा न्युन विकास बजेट विनियोजन हुने गरेको छ । चिसो बढेसँगै निर्माण कार्य सबै रोकिएका छन् । ठेक्का प्रक्रिया टुग्याएर निर्माण व्यवसायीसँग सम्झौता गर्दै, साइट दिँदै हिउँदपछि काम सुरु गर्ने तयारी छ ।

