आकास सुनार
साउन १० जुम्ला
नेपाल तरुण दलको नयाँ नेतृत्व लिनका लागि धेरै आकांक्षी देखिएका छन् । नयाँ नेतृत्वका लागि आकांक्षी धेरै भएकाले रस्साकस्सी भएको हो । शुक्रबार पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ । नेपाली काँग्रेसकी सह महामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन भएको हो ।
अध्यक्ष पदका आकांक्षी उम्मेदवार धेरै देखिएका छन् । अध्यक्ष पदका उम्मेदवार आकांक्षी हेमबहादुर बुढ्थापा, सञ्जिव रावल, विरेन्दी शाही, रतन शाही, अंगराज चौलागाँई, विकास शाही, भरत शाही, गणेश मल्ल लगायतका व्यक्तिहरु रहेका छन् । करिव दर्जन व्यक्तिहरु अध्यक्ष पदका उम्मेदवारी भएकोले अधिवेशन रस्साकस्सी हुने देखिएको तरण दलका केन्द्रीय सदस्य डिल्लीराज हमालले बताउनु भयो ।
नेपाल तरूण दल जिल्ला कार्य समिति जुम्लाका प्रतिनिधि रतन शाहीले कार्यक्रममा उपस्थित सबै नेपाली कांग्रेस शुभेच्छुक प्रति स्वागत गर्दै पछिल्लो समयमा नेपाली काँग्रेस प्रति हेर्ने नजरको फरक रहेको बताउनु भयो । उहाँका अनुसार, यसमा हामी सबै एक आपसमा मिलेर नेपाली काँग्रेसको जगलाई बलियो बनाउन पर्छ ।
काँग्रेस नेत्री रामदेवि खड्काले माओबादी, नेकपा एमालेले हेपेको हामीले देखिरहेका छौँ । तर यस्तो हुन नदिनका लागि हामी एक आपसमा मिलेर जानु पर्ने बताउनु भयो । पछिल्लो राजनीतिक परिवेशलाई हेर्दा नेपाली कांग्रेस प्रतिको आस र भरोसा मरेकाले यसलाई बचाइ राख्न केन्द्र देखि जिल्ला तवर सम्म बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
नेता गणहरू केन्द्रमा बसेर नहुने भएकाले पार्टी बलियो बनाउनका लागि जनताका घर दैलोमा जानुपर्ने पर्ने उहाँले बताउनु भयो ।

