Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - तातोपानी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाई
    समाचार

    तातोपानी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाई

    naurate nepaliBy naurate nepaliSeptember 23, 2025No Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    WhatsApp Image 2025 09 23 at 15.51.23 5e3e5ead
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    असोज ७ जुम्ला
    जुम्लाको तातोपानी गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्दै पूर्वाधार निर्माणमा जोड दिदै आएको छ । जिल्लामै पहिलो पालिकाका रुपमा श्रमदान अभियान संचालन गरेको तातोपानी पूर्वाधार विकास, कार्यसम्पादन गति दिदैँ जेठमै अन्तिम भुक्तानी दिएर समेत असार विकासलाई रोेकेको छ । जसले गर्दा पूर्वाधार विकासमा तातोपानीले गति लिएको हो ।

    समुदाय स्तरबाट माग भई आएका योजना कार्यान्वयनमा जोड दिएको तातोपानी गाउँपालिकाले बितेको एक वर्षमा एक सय ६२ वटा योजना निर्माण गरेको छ । सोमबार आयोजित गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा तातोपानीले एक सय ५९ वटा योजना निर्माण गरेको योजना शाखा प्रमुख ओम बहादुर चन्दले बताउनु भयो । उहाँका अनुसार गत आर्थिक वर्षमा वित्तिय समानीकरण अनुदान तर्फका १ सय २३ वटा योजना मध्य १ सय २१ योजना सम्पन्न भएका छन् ।

    भने प्रदेश सशर्त अन्तरर्गत १४ योजना छनोट भएकोमा १४ वटै योजना सम्पन्न भईसकेका छन् । त्यस्तै संघीय सशर्त तर्फ ४ वटा योजना छनोट भएकोमा ३ वटा योजना सम्पन्न भएका थिए । संघीय विशेष अनुदान तर्फको एक योजना विनियोजन भएकोमा कार्यान्वयन भईसकेको छ । त्यसैगरी, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत १२ वटा र मुख्यमन्त्री रोजगार कार्यक्रमका ८ वटा योजना गरी गत वर्षमा मात्रै १ सय ६२ वटा योजना निर्माण सम्पन्न भएको योजना शाखाले जानकारी दिएको छ ।

    गत आ.व.मा पुँजीगत तर्फ विनियोजन गरिएको १७ करोड ४३ लाख १५ हजार मध्य १३ करोड २० लाख ५४ हजार ५२८ रुपैयाँ खर्च भएको छ । भने चालु तर्फको ३५ करोड ५७ लाख ६४ हजार ५०९ रुपैयाँ मध्य ३० करोड बढी खर्च भएको छ । गत आवमा ३२ लाख राजश्व संकलनको लक्ष्य लिइएकोमा ३१ लाख ७३ हजार राजश्व संकलन भएको थियो ।

    तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाँईले पालिकाको कृषि,शिक्षा,स्वास्थ्य तथा पर्यटन विकासका लागि उल्लेखीय काम भएको बताउनु भयो । श्रमदान अभियानबाट दर्जनौ योजना निर्माण भएका छन् । शिक्षामा सुधार ल्याउन दरबन्दी मिलान, विद्यार्थीको टाउका गन्ने, नमुना भान्सा घर निर्माण गर्ने, शिक्षकको क्षामता विकास गर्ने जस्ता कार्यक्रम गरेको उहाँको भनाइ छ । पाँच वर्षभित्र शिक्षामा नमुना पालिका बनाउने संकल्प पुरा गर्ने उहाँले बताउनु भयो ।

    गाउँपालिकाको आन्तरिक आम्दानी लक्ष्य अनुसार अनुसारमा स्थानीयकै असहयोग नरहेको बताउनु भयो । तातोपानीमा नदीजन्य वस्तुको उत्खनन् भईरहेको र करोडौ राजश्व गुमिरहेकाले त्यसलाई नियमन गर्न पालिकाले प्रयास गरिरहेको अध्यक्ष चौलागाँईको भनाइ छ । कार्यविधि तयार भईसकेको र अब पुर्ण कार्यान्वयन गरेर नदीजन्य वस्तुको उत्खनन्लाई व्यवस्थित बनाईने उल्लेख गर्नुभयो ।

    गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले सामाजिक रुपान्तरण तथा महिलाको शसक्तिकरणका लागि उल्लेखीय काम भएको बताईन् । सिमित स्रोत साधनका बीच नागरिकका आबश्यकता पुर्ति गर्न पालिकाले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्नुभयो । सार्वजनिक सुनुवाईले कार्यसम्पादनलाई प्रभावकारी बनाउन तथा आगामी योजना निर्माण गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले सम्पन्न भएका सबै योजना समुदायलाइ हस्तान्तरण गरिएको बताउनु भयो । योजनाको दिगोपन तथा संरक्षणका लागि योजनाहरु सम्बन्धित वडा र उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । उहाँका अनुसार पालिकाका ३३ सय घरधुरी मध्य २१ सय घरधुरीको घरबीमा गरिएको छ ।

    आर्थिक सुशासन कायम गर्न तथा नागरिकको गुनासो सुनुवाईलाई प्रभावकारी बनाउन नियमित सार्वजनिक सुनुवाई तथा समिक्षा गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिनुभयो । स्थानीय सरकारको अनुभुति हुने गरी विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी रुपमा आगामी दिनमा आफ्ना कामहरु अघि बढाउने समेत साँझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.