कार्तिक १५ गते साँझ
जुम्ला । तिला गाउँपालिका वडा नम्बर ३ त्रिवेणी बजारमा आज साझ करिब ७ बजे भएको आगलागीमा गोबिन्दनाथ योगीको घर पूरै जलेर खरानी बनेको छ।प्रारम्भिक अनुसन्धान अनुसार, खाना पकाउने ग्यास लिक भएर आगजनी भएको अनुमान गरिएको छ।
आगजनी पछि केही समयमा नै आगोले घरको सम्पूर्ण भागलाई समातेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि घरभित्र रहेका सबै सामान, लत्ताकपडा, अन्नपात, फर्निचर, कागजात लगायतका सामग्री पूर्ण रूपमा नष्ट भएका छन्।
घटनास्थल त्रिवेणी बजारको पक्की पुल नजिक रहेको बताइएको छ। आगो नियन्त्रणमा आउँदा घर पूर्णरूपमा जलेर खरानी बनेको थियो।सुदूर कर्णालीको यो पहाडी क्षेत्रमा आगजनी नियन्त्रणका लागि आवश्यक उपकरण र साधन अभाव हुँदा स्थानीयहरूले बाल्टिन र पानीका जार प्रयोग गरेर आगो निभाएका थिए।
पीडित परिवार अहिले छिमेकीको घरमा बसोबास गरिरहेको छ। आगजनी बाट ठूलो आर्थिक क्षति भए पनि मान्छे लाइ भने केही नभएको जानकारी प्राप्त भएकोछ ।

