Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - अर्थतन्त्र - तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    अर्थतन्त्र

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    karnaliajaBy karnaliajaJanuary 20, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Screenshot 20260120 074358 Video Maker
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    45 / 100
    Powered by Rank Math SEO
    SEO Score

    माघ ६ 

    जुम्ला । तिला गाउँपालिका–९ अन्तर्गत पर्ने रासा मालापानी गाउँ आज पनि सडक सञ्जाल र विद्युत् सुविधाबाट टाढै रहेको छ। दुर्गम भौगोलिक अवस्था र लामो दुरीका कारण यहाँका बासिन्दाले आधारभूत सेवा–सुविधा लिन ठूलो सास्ती भोग्दै आएका छन्।

    स्थानीय बासिन्दा बलबहादुर थापाका अनुसार सामान्य प्रशासनिक काम, स्वास्थ्य उपचार, शिक्षा तथा दैनिक उपभोग्य सामग्री लिन घण्टौँदेखि दिनभरि पैदल यात्रा गर्नुपर्ने अवस्था छ। “बिरामी परे समयमा स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा ज्यानसमेत जोखिममा पर्छ,” उनले दुखेसो पोखे।

    विद्युत् सुविधा नपुगेकाले गाउँमा आज पनि झर्रो र टुकीको उज्यालोमा जीवन चलाउनुपरेको छ। अँध्यारोका कारण विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको छ भने रातिको समय असुरक्षितसमेत महसुस हुने स्थानीयको गुनासो छ। सञ्चार सुविधासमेत कमजोर हुँदा मोबाइल चार्ज गर्न र सूचना पाउन टाढा जानुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।

    सडक पहुँच नहुँदा कृषि उपज बजारसम्म पुर्‍याउन कठिन भएको छ। यसले गर्दा स्थानीय किसानले आफ्ना उत्पादन उचित मूल्यमा बेच्न नपाएको र कतिपय अवस्थामा उत्पादन खेर जान थालेको स्थानीय बताउँछन्। सडक अभावकै कारण कृषि, स्वास्थ्य, शिक्षा तथा अन्य विकास कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ।

    स्थानीयवासीले पटक–पटक वडा, गाउँपालिका तथा सम्बन्धित निकायमा सडक र विद्युत् विस्तारका लागि माग राख्दै आए पनि हालसम्म ठोस पहल हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले आधारभूत पूर्वाधारको पहुँच नपुग्दासम्म गाउँको समग्र विकास सम्भव नहुने भन्दै स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.