Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - तुइनमुक्त प्रदेश बनाउने योजना
    समाचार

    तुइनमुक्त प्रदेश बनाउने योजना

    soraj shahiBy soraj shahiJuly 18, 2025Updated:July 18, 2025No Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    jholubge pul dailekh By dailekh
    प्रदेश सरकारले दैलेखमा निर्माण गरेको झुलुङ्गे पुल
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन २ गते ।

    कर्णालीमा अझै पनि दर्जनौ तुइन रहेको पाइएको छ । प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुरुप विवरण माग गरेको थियो । चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीतिअनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।

    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तुइनको विवरण माग गरेको थियो । दश वटै जिल्लाबाट गरेर ५० तुइनको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालय र मन्त्रालयको इमेलमा विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    सात जिल्लाबाट विवरण प्राप्त भएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । कालिकोटबाट र जाजरकोटबाट १२–१२ वटा, दैलेख र मुगुबाट दुई–दुई वटा डोल्पाबाट तीनवटा, हुम्लाबाट १५ वटा र सुर्खेतबाट आठवटा तुइन रहेको सूचना प्राप्त भएको सुवदीले बताउनुभयो । मन्त्रालयले तुइन विस्थापन अभियान सञ्चालन गर्ने र कहीँ कतै तुइन सञ्चालन भएको जानकारी भए जानकारी गराउन गत जेठ २६ गते सूचना जारी गरेको थियो ।

    प्राप्त भएको विवरणका आधारमा विस्तृत विवरण तयार पारिने प्रवक्ता सुवेदीको भनाइ छ । सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालयलाई स्थलगत रुपमा अनुगमन गरेर विस्तृत विवरण माग गरिएको उहाँले जानकारी दिनुभयो ।

    प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा तुइन विस्थापन गर्ने कुरालाई समेटेको छ । विस्तृत विवरणमा तुइन रहेको नदी र खोलाको नाम, तुइन रहेको स्थान ९जिल्ला० को नाम, दूरी तथा उक्त तुइन प्रयोग गर्ने जनसंख्याको विवरण अनिवार्य गरिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत तुइन विस्थापन गर्ने योजना समावेश गरिएको छ ।

    बजेट विनियोजन गरेर सरकारले तुइन विस्थापनको योजना कार्यान्वयन गर्न लागेको छ । चालु आर्थिक वर्षमा उक्त शिर्षकमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताउनुभयो । जनसंख्या भूगोल लगायतका विषय समेटेर यथार्थ विवरण संकलन गरिने जनाइएको छ ।

    कर्णालीका ग्रामीण भेगमा मानवीय जोखिम मानिने तुइन प्रयोग भइरहेका छन् । २०७२ सालमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र तुइन मुक्त देश घोषणा गर्नुभएको थियो । तर कर्णालीका कतिपय स्थानमा अझै पनि तुइनकै भरमा स्थानीयहरु यात्रा गर्न बाध्य छन् ।

    तुइनमुक्त बनाउनेगरी प्रदेश सरकारले पनि काम अघि बढाएको छ । जिल्लाबाट आएको विवरणअनुरूप तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिनेछ । चालु आर्थिक वर्षमा विवरणअनुसार झोलुङ्गे पुल निर्माण गरिने मन्त्रालयले जनाएको छ । हिमाली जिल्ला हुम्लामा मात्र कर्णाली नदीमाथि आधा दर्जन तुइन रहेको छ ।

    भौगोलिक रूपले विकट र दुर्गम स्थानका बासिन्दाको यातायात सेवाको पहुँचमा सहजता एवं सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाइ दूरीभित्र पहुँच सुविधा पुगाउने लक्ष्य राखिएको छ । अहिलेसम्म कम्तिमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पुल हुनेगरी निर्माण गरिरहेको भौतिक मन्त्रालयले जनाएको छ ।

    स्रोत ः गोरखापत्र

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    soraj shahi
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.