साउन ३ काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको सीआरजे–२०० ९९एन–एएमई०० विमान गत वर्ष दुर्घटनामा परेको विषयमा अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पाँच सदस्यीय अनुसन्धान आयोगले प्रतिवेदन अनुसार, टेकअफका बेला विमानको तौल र स्पिडको सन्तुलन नमिल्दा ५०–१०० फिट उचाइमै असन्तुलित भई पूर्वतर्फ झरेर दुर्घटना भएको हो। यात्रु र सामान व्यवस्थापनमा पनि गम्भीर लापरबाही देखिएको छ।
दुर्घटनामा एक पाइलट, इन्जिनियर र कर्मचारीसहित १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनीषरत्न शाक्य जीवितै उद्धार भएका थिए। मन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन बुझाउँदै आयोगले निष्पक्ष रूपमा काम गरेको जनाएको छ भने मन्त्रालयले पूर्ण कार्यान्वयन गर्ने बताइएको छ।

