असोज ९ जुम्ला
दशैँ नजिकिदै गर्दा जुम्लाका विभिन्न बैंक शाखामा नयाँ नोट सटहीमा मनोपली चलिरहेको सर्वसाधारणले गुनासो गरेका छन् । बैँकका कर्मचारीहरूले आफन्त र चिनजानका व्यक्तिलाई मात्र नयाँ नोट साटिदिदा आम नागरिकले दशैँमा नयाँ नोट पाउने अवस्था छैन् । विशेषगरी जुम्ला बजारस्थित राष्ट्रिय वाणिज्य बैंकविरुद्ध बढी गुनासो आएको छ ।
राष्ट्र बैँकले नयाँ नोट जारी नगरेपनि राष्ट्रिय वाणिज्य बैँकले विगतका नयाँ नोटहरु सट्हि गरि रहेको छ । तर, नागरिकहरुले पाउने अवस्था छैन् । नयाँ नोटहरु बैँकर, बैँकका कर्मचारी र बैँकमा पहुँच भएका बाँहेक अरुले पाएका छैनन् । लोककल्याणकारी राज्यका नागरिकले दशैँमा नयाँ नोट पाउने अवस्था छैन् ।
पहुँच भएका र बैँकका कर्मचारीहरुले मात्रै नयाँ नोटहरुले लिएका छनभने, आम नागरिकको पहुँच बैँक सम्म पुगेको छैन् । जुम्लाका सर्वसाधारण नागरिकलाई नयाँ नोट छैन भन्दै फर्काउने गरिएको छ । विशेषगरी जुम्ला बजारमा रहेको राष्ट्रिय वाणिज्य बैँकका विरुद्ध बढी गुनासो नागरिकले गरेका छन् । दशैँमा पुजा–पाठ र दक्षिणा दिनका लागि नयाँ नोटको बढी प्रयोग गरिन्छ । बैँक भित्रैका कर्मचारीहरुले चिनेजानेकालाई मात्रै नयाँ नोट सट्हि गर्दै आएका छन् ।
नयाँ नोट सटहिमा पारदर्शिता नभएकाले सर्वसाधारणले गुनासो गरेका छन् । बैँकहरुले समान रुपमा नयाँ नोट सटहि गर्नु पर्ने स्थानीय नागरिकहरुको माग रहेको छ । जुम्लाको राष्ट्रिय वाणिज्य बैँकले मात्र नभए अन्य निजि बैँकहरुले पनि नागरिकलाई नयाँ नोट सटहि गरि रहेका छैनन् । बैँकसँग नजिक भएका र चिनेजानेका व्यक्तिहरुले मात्रै नयाँ नोट पाई रहेका छन् ।

