सामाजिक विकास कार्यालय जुम्लाले आठ स्थानीयतहका सामुदायिक विद्यालयमा सुविधा सम्पन्न पक्की संरचना निर्माणका गरेको छ । सामाजिक विकास कार्यालयले एकै वर्षमा पाँच करोड १६ लाख बढी लगानीमा डेढ दर्जन विद्यालयमा पूर्वाधार निर्माण भएका छन् । पक्की विद्यालय भवन तथा विद्यालय घेराबार निर्माण गरिएको छ ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढाले सामुदायिक विद्यालयहरुको आवश्यकतालाई पहिचान गरी प्रदेशबाट विनियोजन भई आएका शैक्षिक पूर्वाधार निर्माणका योजना शत प्रतिशत सम्पन्न भएको बताउनु भयो । उहाँका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा कर्णाली प्रदेशका १० वटा सामाजिक विकास कार्यालय मध्य जुम्लामा मात्रै सबैभन्दा कम बजेट विनियोजन भएको थियो ।
जसमा चालु र पुँजीगत सात करोड ५० लाख ८४ हजार विनियोजन भएकोमा खर्च ६ करोड ५८ लाख ७३ हजार अर्थात ८७.७३ प्रतिशत भएकोमा छ । त्यसमा पुँजिगत तर्फ विनियोजित ५ करोड ८८ लाख मध्य ५ करोड १५ लाख ५० हजार अर्थात ८७.६८ पुँजीगत बजेट खर्च भएको छ । भने चालु तर्फ विनियोजित एक करोड ८४ लाख ६२ हजार एक करोड ४३ लाख २३ हजार अर्थात ८७.९६ प्रतिशत बजेट खर्च भएको कार्यालय प्रमुख बुढाले जानकारी दिनुभयो ।
एक नगरपालिका सहित सात वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार तर्फ पक्की विद्यालय भवन र घेराबार तथा अन्य संरचना निर्माणका लागि आएको कुल मध्य पाँच करोड १६ लाख लागतमा सबै पूर्वाधार निर्माण भएका छन् । सामाजिक विकास कार्यालयको कुल वित्तिय प्रगती ८७.७३ प्रतिशत भएपनि भौतिक प्रगती भने शत प्रतिशत भएको छ ।
आठ पालिकाका विभिन्न १८ वटा विद्यालयमा न्युनतम २० लाख देखी एक करोड सम्मको लगानीमा शैक्षिक पूर्वाधार निर्माण गरिएको छ । जसमा चन्दननाथ नगरपालिका–१० स्थित रत्नचुडेश्वर माविमा (बिग) स्कुल कार्यक्रम अन्तर्गत संघीय सर्शत अनुदानमा विगत तीन वर्षदेखी करोडौँको भवन निर्माण भईरहेको सामाजिक विकास कार्यालका सब ईन्जिनियर प्रेम शाहीले बताउनुभयो । जसमा यस आर्थिक वर्षमा एक करोड विनियोजन भएकोमा ७० लाख बराबरको काम भएको छ ।
उक्त विद्यालयको पूर्वाधार निर्माणका लागि २९ करोडको डिपिआर तयार भएको छ । भने अहिले सम्म ३ करोड विनियोजन भई काम भएको छ । १८ वटै विद्यालयको भौतिक प्रगती शत प्रतिशत भएर सम्बन्धित विद्यालयलाई संरचना हस्तान्तरण समेत गरिएको शाहीको भनाइ छ । साथै १८ वटा पूर्वाधार योजना अन्तरर्गत ५० लाख लगानीमा अपाङ्ग पुर्नस्थापना केन्द्रको समेत भवन निर्माण गरिएको छ ।
यसैबीच चालु तर्फका कार्यक्रमहरुमा बाल विवाह न्यूनिकरण,लागु औषध दुव्र्यसनी नियन्त्रण, शैक्षिक गुणस्तर सुधार, शिक्षकहरुको क्षामता विकास, छोरी बुहारी छात्रबृत्ति वितरण तथा कार्यालयको प्रशासनिक खर्च गरी कुल एक करोड ४१ लख ७२ हजार खर्च भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जिल्लाको सामुदायिक विद्यालयको भौतिक अबस्था सुधारका लागि सामाजिक विकासले शैक्षिक पूर्वाधार विकासमा उल्लेखीय काम गरेको बताउनुभयो । शत प्रतिशत भौतिक प्रगती गरेर अन्य कार्यालयहरुको लागि उदाहरणीय बनेकोमा धन्यबाद दिनुभो । कार्यालय प्रमुख बुढा आगामी आवको विनियोजित कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बार्षिक क्यालेण्डर बनाएर अघि बढ्ने बताउनु भयो । वार्षिक क्यालेण्डर अनुसार कुन महिनामा कुन कार्यक्रम संचालन गरिने छ । क्यालेण्डर निर्माण गरेपछि कार्यक्रमबाट अपेक्षित लाभ लिन सकिने अपेक्षा समेत गरिएको छ ।

