Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    समाचार

    पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान

    naurate nepaliBy naurate nepaliJanuary 14, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    1000126310
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    पुस ३० जुम्ला
    जुम्लाको पातारासी क्षेत्रमा जल, जमिन र जंगल संरक्षणका लागि स्थानीय बस्तीमा पुगेर सचेतना अभियान सञ्चालन गरिएको छ । पातारासी गाउँपालिकाका सातै वडाका २६ वटा बस्तीमा पुगेर सचेतना कार्यक्रम गरिएको किर्डाक नेपाल जुम्लाका क्षमता अभिवृद्धि विशेषज्ञ श्रीवहादुर भण्डारीले जानकारी दिनुभयो ।

    (DUPC IHE Delft) नेदरल्याण्ड सरकारको सहयोग, मध्यपश्चिम विश्वविद्यालयको समन्वय र किर्डाक नेपाल जुम्लाको साझेदारीमा सञ्चालित ‘सुमात्रा’ परियोजना अन्तर्गत उक्त सचेतना अभियान सञ्चालन गरिएको हो । अभियानमा सामुदायिक वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, शिक्षक, सचेत युवा, महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा प्राकृतिक स्रोत, वन तथा जडिबुटीको संरक्षण स्थानीय तहमै कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ । परियोजनाको मुख्य उद्देश्य पानीका मुहान तथा प्राकृतिक स्रोतको दीगो संरक्षण गर्नु रहेको भण्डारीले बताउनुभयो ।

    सुमात्रा परियोजना अधिकृत विनु चित्रकारका अनुसार पातारासी गाउँपालिकामा कुल ४ सय ९५ वटा पानीका स्रोत रहेको बताउनु भयो । तीमध्ये १ सय ३८ वटा पानीका स्रोत मात्र प्रयोगमा रहेका छन् भने बाँकी स्रोत प्रयोगविहीन अवस्थामा छन् । वडा नम्बर ७ अन्तर्गत रिनि र पट्मारा गाउँमा मात्रै ५४ वटा पानीका स्रोत रहेको उहाँले जानकारी दिनुभयो । डोजरको प्रयोग, वन विनाश तथा अन्य मानवीय गतिविधिका कारण ती स्रोतहरू जोखिममा परेको उहाँको भनाइ छ ।

    अभियान मार्फत गाउँका महिला तथा पुरुषलाई वातावरण संरक्षण, घरायसी सरसफाइ तथा वन–जंगल जोगाउने विषयमा सचेत गराइएको छ । पातारासी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वीरबहादुर बुढाले सचेतना कार्यक्रमले वन संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । जीविकोपार्जनका नाममा वनमा हुने अन्धाधुन्ध उत्खननले वन विनाश बढ्दै गएको उल्लेख गर्दै उहाँले वृक्षारोपण र वातावरण संरक्षणका लागि वडा सरकार तयार रहेको बताउनुभयो ।

    वातावरण संरक्षणबाट जल, जमिन र जंगल सबैको संरक्षण सम्भव हुने उल्लेख गर्दै वडाध्यक्ष बुढाले वनमा जाने महिलाहरूलाई जथाभावी आगलागी नगर्न समेत आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाँईले पातारासीमा पानीका स्रोत संरक्षणका लागि किर्डाक नेपालले गरेको कामको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वनमा आधारित जीविकोपार्जन गर्ने समुदायलाई खाली ठाउँमा वृक्षारोपण गर्न, वनको कार्ययोजना निर्माण गर्न र नवीकरणका साथै पारदर्शिता कायम गर्न सुझाव दिनुभयो ।

    रिनि गाउँका महिला विमला खड्का, माया खड्का र जनमाया बुढाले वातावरण संरक्षणमा सक्रिय भुमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । वनमा महिलाको आवतजावत बढी हुने भएकाले आगलागी रोक्न र जथाभावी वन फँडानी नियन्त्रण गर्न अन्य महिलालाई पनि सचेत गराउने उनीहरूको भनाइ छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.