कृष्णमाया उपाध्याय
मंसिर ४, जुम्ला ।
पहिला सल्लाको दियालो बालेर दैनिकी चलाउँदै आएका पातरासी गाउँपालिकाका मानिसहरु हिजोआज घरघरमा बत्ती बालेर पनि बचेको बत्ती अन्तर पालिकालाई समेत दिन सफल भएका छन् । अहिले चुकेनी साना जलविद्युत आयोजना मार्फत त्यहाँको पालिकाका सबै मानिसहरुले बत्ती बालेर पनि अन्तर पािलकालाई दिन समेत पुग्ने बत्तको क्षमता रहेको छ । पहिला गाउँघरमा बत्ती नहुँदा विशेष गरेर बालबालिकाको पढाई लेखाईमा बाधा पुग्नुका साथै सल्लाको दियालो बाल्ने मानिसहरुको स्वास्थ्यमा पनि समस्या भोक्नु पथ्र्यो भने हिजोआज त्यो समस्याबाट मुक्त भएका हुन् ।
गाउँघरमा बत्ती बल्न थालेपछि बालबालिकाको पढाई लेखाईमा सहयोग पुग्नुका साथै गाउँघरमा मानिसहरुको कार्यबोझमा समेत कर्मी ल्याउन सहयोग पुगेको पातरासी गाउँपालिकाकी स्थानिय बासिन्दा मायादेवि बोहोराले बताइन् । उनले भनिन् पहिला महिलानहरुलाई दैनिकी चलाउन गाहे भएको थियो । अँध्यारोमा बस्दा खाना पकाउन देखि लिएर विद्युत सम्बन्धीका अन्य सामग्री समेत चलाउन समस्या थियो । हिजो आज त्यो समस्या नभएको बताएकी छन् ।
गाउँघरमा बत्ती बल्न थालेपछि घर घरमा इन्टर नेट जडान गर्नुका साथै टेलिभिजन मार्फत देशविदेशका खबरहरु सुन्न र टाढा भएका आफ्ना आफन्तसँग सहजरुपमा कुराकानी गर्न पाइएको सुना रावतले बताइन् । उनले भनिन्, पहिलाको हाम्रो दैनिकी र अहिलेको दैनिकीहरु धेरै परिवर्तन भएको छ । अहिले नमैलिएको सफा लुगा लगाउन पाएका छौ, बच्चाबच्चीलाई राम्रोसँग पढाउन र बत्तीबाट लिन सकिने सबै सुविधा लिन पाएका छौ जसका कारण हाम्रो दैनिकीहरु फेरिदै गएको छ, पातारीकी अर्की स्थानिय बासिन्दा सुना रावतले भनिन् । उनले भनिन् गाउँघरमा पहिला सरसफाईको अवस्था नाजुक थियो हिजोआज त्यो समस्या रहेको छैन । अहिले बत्तीबाट गाउँघरमा कुटानी सिानी मिल हरु समेत स्थापना हुन थालेका छन् ।
विभिन्न सिप मूलक कामहरु गरेर आय आर्जनमा समेत टेवा पुग्न थालेको छ। वैकल्पीक उर्जा प्रद्र्धधन केन्द्र, नर्वे सरकार, विश्व बैक लगायतका अन्तराष्ट्रिय संस्थाहरुको सहयोगमा पातरासी गाउँपालिकामा चुकेनी साना जलविद्युत आयोजनाको निर्माण पछि सञ्चालनमा आउँदा आफुहरुलाई धेरै सहज भएको पातरासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताइन् । उनका अनुसार विशेष गरेर महिलाहरुको दैनिकी समेत परिर्वत गर्न सफल भएका छन् । पहिला बेलुकाको खाना पकाउँदा अन्धकारमय रातको सामना गरिरहेका महिलाहरु अहिले उज्यालो ठाउँमा बसे आफ्नो काम गर्न सक्षम भएको उनको भनाईछ ।
यहाँको बत्तीले पातरासी गाउँपालिका मात्र नभएर जुम्ला जिल्ला भरीका मानिसहरुलाई समेत उपभोग गर्ने वातावरण सिर्जना हुँदा खुशी लागेको उनले बताइन् । यसको दिर्घकालिन् सञ्चालनको लागि अझै पनि सरकार तथा अन्य दातृ निकायहरुको सहयोग आवश्यक रहेको उपाध्यक्ष रोकायाको भनाईछ ।

