Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - प्रतिनिधिसभा उम्मेदवारमा नेकपाद्धारा भण्डारी र जिसीको नाम सिफारिस
    समाचार

    प्रतिनिधिसभा उम्मेदवारमा नेकपाद्धारा भण्डारी र जिसीको नाम सिफारिस

    naurate nepaliBy naurate nepaliJanuary 8, 2026Updated:January 8, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    1000125116
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    पुस २४ जुम्ला
    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिनिधि छनोट समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्लाबाट नरेश भण्डारी र दलबहादुर जिसीको नाम सिफारिस गरेको छ । पार्टीभित्र लामो छलफल र आन्तरिक मूल्यांकनपछि दुई जनाको नाम अन्तिम सूचीमा राखेर केन्द्रमा पठाइएको हो ।

    प्रतिनिधि छनोट समितिका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य तीर्थबहादुर बुढाका अनुसार यसअघि जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारका लागि नवराज न्यौपाने, दलबहादुर जिसी, हरी रावल, रविकिरण, अमराज शाही र नरेश भण्डारी गरी छ जनाको नाम प्रारम्भिक रूपमा सिफारिस गरिएको थियो । ती सबैको राजनीतिक योगदान, संगठन भित्रको भूमिका र स्थानीय स्तरमा प्रभावको आधारमा छलफल गर्दै अन्ततः दुई जनाको नाम छनोट गरिएको उहाँले बताउनु भयो ।

    छनोट समितिको निर्णय अनुसार नरेश भण्डारीलाई पहिलो प्राथमिकतामा र दलबहादुर जिसीलाई दोस्रो प्राथमिकतामा राखेर सिफारिस गरिएको केन्द्रीय सदस्य बुढाको भनाइ छ । प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरिएको छैन, उहाँले भन्नुभयो, केन्द्रमा दुई जनाको नाम पठाइएको छ र अन्तिम निर्णय पार्टी केन्द्रले गर्नेछ ।

    उहाँका अनुसार प्रतिनिधि छनोट कार्यदलले विधिवत् निर्णय गरेर नाम सिफारिस गरेको हो । पार्टीका केन्द्रीय सदस्यहरूले सोही निर्णयलाई अनुमोदन गर्दै केन्द्रमा पठाएका छन् । दुई जनामध्ये जसलाई पनि उम्मेदवारका रूपमा अघि सार्न सकिने अवस्था रहेको उहाँको भनाइ छ । नेकपाभित्र उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र समावेशी बनाउन विभिन्न तहमा छलफल गरिएको र स्थानीय संगठनको मतलाई समेत ध्यानमा राखिएको पार्टीले जनाएको छ ।

    जुम्लामा पार्टी संगठन मजबुत रहेको र निर्वाचनलाई लक्षित गर्दै थप तयारी अगाडि बढाइने पनि जनाइएको छ । अब पार्टी केन्द्रको निर्णयपछि जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारको टुंगो लाग्नेछ । उम्मेदवार तय भएसँगै नेकपाले निर्वाचन अभियानलाई तीव्रता दिने तयारी गरेको छ ।

    पुस २१ गतेको साविक नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष राज वहादुर खत्री र साविक नेकपा (माओवादी केन्द्रका) संयोजक नवराज न्यौपानेद्धारा हस्ताक्षर गरिएको पत्रमा नरेश भण्डारीको एकल नाम सिफारिस गरि केन्द्रमा पठाईएको छ । प्रतिनिधिसभामा सर्वसम्मत निर्णय गर्दै भण्डारीको नाम एकल सिफारिस गरिएको पत्र सार्वजनिक भएको छ । दल वहादुर जिसि पक्षले केन्द्रीय कार्यालय पेरिसडाँडामा उजुरी दिईएको बताईएको छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.