Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - प्राविधिक जनशक्ति उत्पादनमा अब्बल
    समाचार

    प्राविधिक जनशक्ति उत्पादनमा अब्बल

    soraj shahiBy soraj shahiJuly 24, 2025Updated:July 24, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Kts jumla Naurate
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    8 / 100
    Powered by Rank Math SEO
    SEO Score


    साउन ८ गते

    जुम्लामा अवस्थित कर्णाली प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादनमा अब्बल साबित भएको छ । २०३७ सालमा स्थापना भएको यो शिक्षालयले अहिलेसम्म करिब सात हजार प्राविधिक जनशक्ति उत्पादन गरेको छ ।

    प्राविधिक शिक्षालयको दोस्रो शिक्षालय प्रमुख टङ्कनाथ शर्माले २०७२ सालमा गरेको रोजगारीसम्बन्धी अध्ययन अनुसार शिक्षालयको प्रारम्भिक कालखण्ड अर्थात् २०६५ सम्म उत्पादन भएका ९९ प्रतिशत जनशक्ति रोजगारीमा संलग्न भएको तथ्याङ्क छ । यस्तै २०६५ देखि डिप्लोमा तहको कार्यक्रम सुरु भएयता हालसम्म उत्पादन भएका जनशक्तिमध्ये करिब ५५ प्रतिशतले रोजगारी पाएको शिक्षालय स्रोतले जनाएको छ ।

    कर्णालीको भौगोलिक कठिनाइबिच स्थापना भएको यो शिक्षालय स्वदेशमै दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसर सिर्जना गर्ने प्रमुख शैक्षिक थलोका रूपमा स्थापित हुँदै गएको छ । शिक्षालयका प्रमुख टेकेन्द्रबहादुर थापाका अनुसार भविष्यमा उच्चस्तरीय डिप्लोमा र स्नातक तहका नयाँ कार्यक्रम थप गर्ने योजना रहेको बताउनुभयो । सरकारले प्राविधिक शिक्षालयलाई उद्योगसँग जोड्नुपर्ने बताउँदै उहाँले नीति बनाउने निकायले तालिम दिँदै हिँडेकाले प्राविधिक शिक्षालय धरापको अवस्थामा पुगेको उहाँको बुझाइ छ ।

    स्थानीय सरकारले प्राविधिक शिक्षालयलाई तालिम केन्द्रका रूपमा विकास गर्नु पर्छ । थापाका अनुसार स्थानीयस्तरमै प्राविधिक शिक्षा दिन सक्नुले कर्णालीको मानवस्रोत विकासमा ठुलो योगदान पुगेको छ । कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले प्राविधिक धारको शिक्षाले ग्रामीण समुदायको जीवनमा ठुलो परिवर्तन ल्याएको उल्लेख गर्दै शिक्षालयको समुन्नत विकासका लागि सबैलाई अग्रसर हुन आग्रह गर्नुभयो ।

    कर्णाली प्राविधिक शिक्षालय केवल एउटा शिक्षण संस्था मात्र नभई कर्णालीको विकास र समृद्धिको आधार तयार गर्ने आधारशिला बनेको शाहीले बताउनुभयो । नेपालकै पहिलो प्राविधिक शिक्षालयमा स्तरीय शिक्षा सुनिश्चित हुनुपर्ने चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताउनुभयो । कर्णाली प्राविधिक शिक्षालयको इतिहास कर्णालीमै प्राविधिक क्रान्तिको थालनी हो । जुन आज पनि ‘सिपयुक्त शिक्षाको आधार’ का रूपमा अगाडि बढिरहेको छ ।

    शिक्षालयले ग्रामीण युवकयुवतीलाई रोजगारमूलक शिक्षा दिँदै उनीहरूको जीवनस्तर उस्कान महत्वपूर्ण योगदान पु¥याएको छ । हाल शिक्षालयमा सिभिल इन्जिनियरिङ, फार्मेसी, एग्री प्लान्ट साइन्स, फरेस्ट्री र हेल्थ एसिस्टेन्ट ९एचए० लगायतका विषयमा अध्ययन भइरहेको छ । जुम्लाका साथै अन्य विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ अध्ययन गर्न आउने गरेका छन् । कर्णाली प्राविधिक शिक्षालय जुम्लाले ४५ वर्ष पूरा गरिसकेको छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    soraj shahi
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.