Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    naurate nepaliBy naurate nepaliJanuary 16, 2026 समाचार No Comments3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    भूकम्प सुरक्षा दिवसमा आयोजित प्रभात फेरी कार्यक्रम ।
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    माघ २ जुम्ला
    जुम्लामा २८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा प्रभातफेरि लगायत ग्याँसबाट हुने आगलागि र भूकम्प आउँदा अपनाउनु पर्ने सचेतना कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको अगुवाईमा जिल्लाका सरकारी र गैर सरकारी निकायको साझेदारीमा कार्यक्रम मनाईएको हो । भूकम्पबाट हुन सक्ने क्षति न्युनीकरणका लागि पूर्वतयारी, सुरक्षित घर निर्माण र जनचेतनाको महत्वबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनु भयो ।

    शसस्त्र प्रहरीले ग्याँसमा आगलागि हुँदा नियन्त्रण गर्ने उपाय र नेपाली प्रहरीले भूकम्पको आउँदा अपनाउनु पर्ने विधिका बारेमा नमूना अभ्यास मार्फत जानकारी गराएका छन् । कार्यक्रममा शसस्त्र प्रहरीले एलपी ग्याँस चुहावट वा आगलागि भएको अवस्थामा ग्याँसको रेगुलेटर बन्द गर्ने, सुरक्षित दुरी कायम गर्ने, आगो निभाउने उपकरणको प्रयोग गर्ने तथा आकस्मिक अवस्थामा अपनाउनु पर्ने सावधानीका विषयमा प्रत्यक्ष अभ्याससहित जानकारी गराएको हो ।

    त्यस्तै नेपाली प्रहरीले भूकम्प आउँदा सुरक्षित स्थानमा जानुपर्ने, ‘ड्रप, कभर एन्ड होल्ड’ विधि अपनाउने, खुला ठाउँमा सुरक्षित रूपमा निस्कने तरिका, भूकम्पपछि घाइतेको उद्धार र प्राथमिक उपचार सम्बन्धी अभ्यास गराएका छन् । नमूना अभ्यास मार्फत गरिएको यस जनचेतनामूलक कार्यक्रमले विपद्को समयमा नागरिकले अपनाउनु पर्ने व्यवहार र सुरक्षाका उपायबारे व्यवहारिक ज्ञान बढाउने विश्वास लिइएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले घर निर्माण गर्नु अघि पर्याप्त सचेतना अपनाउन आवश्यक रहेको बताउनु भएको छ ।

    उहाँका अनुसार जिल्लामा खेतियोग्य जमिनमा समेत धमाधम घर निर्माण भइरहेको बताउँदै जसले दीर्घकालीन रूपमा कृषि उत्पादन र वातावरणमा नकारात्मक असर पार्ने खतरा रहेको छ । सुख्खा सिजनमा हुने आगलागी तथा एलपी ग्याँसबाट हुने दुर्घटनाप्रति आम नागरिक सचेत हुनुपर्ने उहाँको भनाइ छ । सानो लापरवाहीका कारण ठुलो क्षति हुन सक्ने भएकाले घरायसी सुरक्षाका उपायमा ध्यान दिनुपर्ने आचार्यको भनाइ छ । यसैगरी प्रमुख जिल्ला अधिकारी पौडेलले भूकम्प प्रतिरोधी संरचना निर्माणले क्षति कम गर्न सकिने बताउनु भयो ।

    विपद्का बेला हुने ठुलो क्षतिको मुख्य कारण मानविय कमजोरी रहेको उल्लेख गर्दै उहाँले निर्माणदेखि व्यवहारसम्म सचेतना आवश्यक रहेको धारणा राख्नुभयो । सबै सरोकारवाला मिलेर काम गर्न सके विपद्को क्षति न्युनीकरण गर्न सकिने उहाँको भनाइ छ । त्यस्तै चन्दननाथ नगरपालिका जुम्लाका कार्यवाहक नगर प्रमुख तथा वडा नम्बर १ का वडाध्यक्ष तिलक प्रसाद न्यौपानेले विपद् जोखिम न्युनीकरणका लागि नगरपालिका स्तरमै सूचना प्रणाली जडान गरिएको जानकारी दिनुभयो ।

    चन्दननाथ नगरपालिका–६ को घामडाँडामा सूचना प्रणाली जडान भइसकेकाले विपद्को समयमा छिटो र प्रभावकारी रूपमा सूचना प्रवाह गर्न सहज हुने उहाँको भनाइ छ । कार्यक्रममा सहभागी वक्ताहरूले विपद्बाट जोगिन पूर्वतयारी, सुरक्षित संरचना निर्माण र समुदाय स्तरको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

    सुरक्षित आवास निर्माण, जोखिमयुक्त संरचनाको पहिचान तथा समुदाय स्तरमा नियमित अभ्यास र तालिम आवश्यक रहेको सघन शहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका इन्जिनियर भिमवहादुर खत्रीले बताउनु भयो । स्थानीय सरकारले भवन संहिताको कडाइका साथ पालना गराउनु पर्नेमा उहँले जोड दिनुभयो ।

    Post Views: 193

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.