Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - राजनीति - मतदाता फकाउँदै उम्मेदवार
    राजनीति

    मतदाता फकाउँदै उम्मेदवार

    naurate nepaliBy naurate nepaliJanuary 29, 2026No Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    IMG 20260120 WA0056 1536x807 1
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    माघ १५ जुम्ला
    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जुम्लामा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त देखिएका छन् । जुम्लाका गाउँ–गाउँ पुगेर उम्मेदवारहरूले आफ्ना एजेण्डा प्रस्तुत गर्दै मत मागि रहेका छन् । यसपटक जुम्लाबाट प्रतिनिधि सभाका लागि दश जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवार आ–आफ्नो पक्षमा जनमत जुटाउन सक्रिय छन् ।

    नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शान्तिलाल महतले जनताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै मत मागि रहेको बताउनु भएको छ । विकास, रोजगारी र आधारभूत सेवामा केन्द्रित एजेण्डाका साथ आफु मतदातामाझ पुगिरहेको बताउनु भयो । २०७९ सालको निर्वाचनमा समानुपातिक तर्फ नेकपा एमाले जुम्लाको पहिलो पार्टी बनेको थियो । सो निर्वाचनमा एमालेले १० हजार ५ सय ४८ मत प्राप्त गरेको थियो ।

    यही परिणामलाई आधार मानेर यसपटक पनि निर्वाचन आफ्नो पक्षमा आउने महतको दाबी छ । पार्टीप्रति प्रतिबद्ध मतदाता अन्य दलको तुलनामा बढी भएकाले चुनावी परिणाम एमालेको पक्षमा आउने उहाँको भनाइ छ । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दीप बहादुर शाहीले जुम्ला घर भई हाल सुर्खेतमा बसोबास गर्दै आएका मतदातासँग भेटघाट गरी मत माग्नु भएको छ । सुर्खेतमा रहेका जुम्लेली मतदातालाई आफ्नो पक्षमा मतदान गर्न उहाँले अनुरोध गर्नु भएको छ ।

    २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले जुम्लामा १० हजार ४ सय ६ मत प्राप्त गरेको थियो । हाल जुम्लाका छवटा स्थानीय तहमा कांग्रेसको नेतृत्व रहेकाले त्यसको प्रभाव यसपटकको निर्वाचनमा पर्ने कांग्रेसको विश्वास छ । यही आधारमा कांग्रेसले मतदाता फकाउने अभियानलाई तीव्र बनाएको छ । नेपाली कम्युनिष्ट पार्टीले २०७९ सालको निर्वाचनमा जुम्लामा ८ हजार ९ सय ६० मत प्राप्त गरेको थियो । उक्त पार्टीका उम्मेदवार नरेश भण्डारी पनि मतदाता रिझाउन गाउँ–गाउँ पुगेर घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ ।

    पार्टीको संगठन र विगतको मत परिणामलाई आधार मानेर भण्डारीले आफ्नो पक्षमा जनमत सृजना गर्ने प्रयास गरिरहनु भएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) पनि मतदाता फकाउन गाउँ पस्नु भएको छ । २०७९ सालको निर्वाचनमा उहाँले २२ हजारभन्दा बढी मत ल्याएर विजयी हुनु भएको थियो ।

    त्यतिबेला राप्रपाले समानुपातिक तर्फ ५ हजार ७ सय ९६ मत प्राप्त गरेको थियो । विदेशमा दुःख पाइरहेका नेपालीहरूको उद्धारमा आफुले भूमिका खेलेको र आगामी दिनमा पनि जनताको आवाज संसदमा बुलन्द रूपमा उठाउने क्षमता अन्य उम्मेदवार भन्दा आफुमा रहेको भन्दै उहाँ मत मागि रहनु भएको छ । २०७९ सालको निर्वाचनमा समानुपातिक तर्फ प्राप्त मतका आधारमा नेकपा एमाले जुम्लाको पहिलो पार्टी बनेको थियो ।

    त्यही निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) मा टेकराज पछाईले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित हुनु भएको थियो । यी तथ्यलाई आधार मानेर हालको निर्वाचनमा पनि एमालेले सहजै जित्ने नेकपा एमाले जुम्लाका नेता देविलाल थापाले बताउनु भएको छ ।

    वृद्ध भत्ता कार्यक्रमदेखि समग्र देश निर्माणसम्म एमालेले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै जनताले भारी मतका साथ पार्टीलाई विजयी गराउने उहाँको दाबी छ । निर्वाचन मिति नजिकिँदै जाँदा जुम्लामा उम्मेदवारहरूको घरदैलो, भेटघाट र प्रचार अभियान थप तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते मतदाताले कसलाई विश्वास गर्छन् भन्ने कुरा निर्वाचन परिणामले नै स्पष्ट गर्ने छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.