Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    समाचार

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    naurate nepaliBy naurate nepaliApril 18, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    672679732 1547602374040489 2578225293889010150 n
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    लैशाख ५ जुम्ला
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल समक्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन कुमार रोकाया र रजिष्ट्रार लक्ष्मी महतले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी नीतिगत विषयमा महत्वपूर्ण ध्यानाकर्षण गराउनु भएको छ । उहाँहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा संशोधनको आवश्यकता रहेको विषयलाई प्रमुख रूपमा उठान गर्दै मन्त्रीलाई औपचारिक रूपमा ध्यानाकर्षण गराउनु भएको हो ।

    विशेषगरी कर्णाली प्रदेश लगायत भौगोलिक रूपमा विकट तथा विकासका दृष्टिले पछाडि परेका क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै ऐनमा सुधार गर्नु पर्नेमा जोड दिइएको छ । ध्यानाकर्षणमा उल्लेख गरिए अनुसार हालको कानुनी व्यवस्था पर्याप्त समावेशी हुन नसकेको र त्यसले कर्णालीका विद्यार्थीहरूलाई चिकित्सा शिक्षा अध्ययनमा अपेक्षित पहुँच दिन नसकेको गुनासो गरिएको छ ।

    प्रतिष्ठान स्थापना गर्नुको मुल उद्देश्य नै दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्थानीय विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनको अवसर प्रदान गर्नु रहेको स्मरण गराइएको छ । तर, व्यवहारमा उक्त उद्देश्य पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । उपकुलपति रोकाया र रजिष्ट्रार महतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि कर्णालीकै विद्यार्थीहरूलाई प्राथमिकता दिने गरी स्पष्ट आरक्षण व्यवस्था कानुनमै सुनिश्चित गरिनुपर्ने माग राख्नु भएको छ ।

    यसो गर्न सके मात्र प्रतिष्ठानको मर्म अनुसार स्थानीय जनशक्ति उत्पादन भई दीर्घकालीन रूपमा कर्णाली क्षेत्रको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास व्यक्त गरिएको छ । उहाँहरूले ऐन संशोधन मार्फत पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष कोटा निर्धारण, प्रवेश प्रक्रियामा सहजीकरण तथा छात्रवृत्ति व्यवस्थालाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव पनि दिनु भएको छ । साथै, कर्णाली जस्ता दुर्गम क्षेत्रमा अध्ययन गरेका जनशक्ति त्यहीँ सेवा दिन प्रोत्साहित गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको औंल्याइएको छ ।

    ध्यानाकर्षण कार्यक्रममा मन्त्री पोखरेलले प्रस्तुत विषयप्रति सकारात्मक रहेको जनाउँदै सम्बन्धित सरोकारवालासँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । उहाँले चिकित्सा शिक्षामा पहुँच विस्तार र क्षेत्रीय सन्तुलन कायम गर्न सरकारले आवश्यक नीतिगत सुधारका विषयमा गम्भीर रूपमा विचार गर्ने धारणा राख्नुभएको छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि उठाउँदै आएको यस मागले पुनः राष्ट्रिय स्तरमा चर्चा पाएको छ । सरोकारवालाहरूले ऐन संशोधन मार्फत दुर्गम क्षेत्रका विद्यार्थीलाई न्यायोचित अवसर सुनिश्चित गरिनु पर्नेमा जोड दिएका छन् ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.