आकास सुनार
साउन ८ जुम्ला
जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाखोलामा रहेको कालिका आधारभुत विद्यालयको नयाँ निर्मित भान्सा घरको उद्घाटन गरिएको छ । कुनै बेला भवन नहुँदा एकै कक्षा कोठामा कोचिएर पढ्नु पर्ने बाध्यता भोगि रहेको उक्त विद्यालयमा हाल सुविधायुक्त संरचना निर्माण भएका हुन् ।
सुविधायुक्त कक्षा कोठादेखि खेलौना घर निर्माण भएपछि विद्यार्थीलाई राहत भएको छ । कर्णाली प्रदेश सरकारका माननीय देबेन्द्र बहादुर शाही र तातोपानी गाउँपालका अध्यक्ष नन्द प्रसाद चौलागाँईले संयुक्त रुपमा भवनको उद्घाटन गर्नु भएको हो । १६ लाख रुपैयाँको लागतमा भान्सा घर निर्माण, सामाजिक बिकास मन्त्रालयको २० लाखमा नमुना खेलौना घर लगायतका भवनको एक साथ उद्घाटन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले बताउनु भयो ।
कालिका आधारभुत विद्यालयमा रहेको दिवा खाजा भान्सा घर, खेलौना घर, संघीय सरकारबाट विनियोजित बजेटबाट भवन निर्माण गरिएका हुन् । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य देबेन्द्र बहादुर शाहीले हिजोका दिनमा यो विद्यालयमा भौतिक संरचनामा कमी थियो । अब हेर्दा भौतिक संरचनाले भरिपुर्ण भएको छ ।

भौतिक संरचना मात्र बनाएर नहुने बताउँदै उहाँले अभिभावकले पनि बालबालिकालाई नियमित विद्यालय पठाउनु पर्ने बताउनु भयो । उहाँका अनुसार, आगामी दिनमा पनि प्रदेश सरकारका तर्फबाट पहल कदमी रहने बताउनु भयो । यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाँईले दिवा खाजा भवन निर्माणले गुणस्तरीय खाजा विद्यार्थीले खान पाउने बताउनु भयो ।
विगतमा भवनको अभाव हुने उक्त विद्यालयामा पालिकाको समन्वयमा लाखौँका पक्की संरचना बनेका छन् । तातोपानी गाउँपालिका भरि पालिकाले विभिन्न संघ संस्थाको पहलमा १६ वटा विद्यालयमा दिवा खाजा भान्सा घर र भाडाकुडा लगायतका काम पालिकाले गरेको जानकारी गराउनु भयो ।
अध्यक्ष चौलागाँईका अनुसार, आगामी दिनमा विद्यालयसँग रहेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले सहयोगी दाता प्रति आभारी व्यक्त गर्नुभयो । आगामी दिनमा विद्यालयलाई राम्रो बनाउन सबैको सहयोग चाहिने उहाँको भनाइ छ ।

