जुम्ला । खलंगा बजारबाट तलतिर जाँदै गरेको मोटरसाइकल मिचा नजिक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आज दिउँसो भएको उक्त दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
प्राथमिक जानकारीअनुसार मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। घाइतेहरूको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
