Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा दश जनाको उम्मेदवारी दर्ता
    • तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य
    • मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश
    • जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने
    • जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने
    • भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम
    • पातारासीका बस्तीमा प्राकृतिक स्रोत संरक्षणका बारेमा सचेतना अभियान
    • कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    मुगुमा सुत्केरी सुनिताको निधन : ‘सुत्केरी हुने महिला अझै पनि जोखिममा’

    Aakash SunarBy Aakash SunarAugust 29, 2025 समाचार No Comments3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मुगु – सोरु गाउँपालिका–८, रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको सुत्केरीपछिको उपचारकै क्रममा निधन भएपछि पुनः एकपटक मुगुमा मातृस्वास्थ्यको गम्भीर प्रश्न उठेको छ। बुधबार बिहान घरमै छोरा जन्माएकी सुनिताको सालनाल नझरेपछि सुरु भएको समस्या अन्ततः जीवनघातक बन्न पुग्यो।

    परिवारका सदस्यका अनुसार बुधबार करिब बिहान ११ बजे सुनिताले घरमै सुरक्षितरूपमा छोरा जन्माएकी थिइन्। तर, प्रसूति पछि करिब एक घण्टा बितिसक्दा पनि सालनाल नझरेपछि अवस्था जटिल हुन थाल्यो। तत्कालै उनलाई नजिकैको सिप प्रसूति केन्द्र लगियो।

    तर त्यहाँ आवश्यक साधन र सुविधा अभावका कारण प्राथमिक उपचार मात्र सम्भव भयो। अत्यधिक रक्तस्राव रोक्न नसकिएपछि उनलाई तत्काल जिल्ला अस्पताल लैजान सुझाव दिइयो। कठिन भौगोलिक परिस्थितिका कारण राति १० बजे मात्र सुनितालाई सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल पुर्‍याउन सकियो।

    उपचारमा संलग्न डाक्टर नहकुल शाहीका अनुसार सुनिताको शरीरमा अस्पताल ल्याउँदासम्म जम्मा दुई प्वाइन्ट मात्र रगत बाँकी थियो। “तुरुन्तै रगत आवश्यक थियो। तर, जिल्ला अस्पतालमा ब्लड बैंक नभएकाले हामी निकै समस्यामा पर्‍यौं,” डा. शाहीले बताए।

    सो क्रममा चिकित्सकहरूले सामाजिक सञ्जालमार्फत आपतकालीन रगत दानको अपिल गरे। गमगढीका युवाहरूले तत्कालै पाँच प्वाइन्ट रगत दान गरेर सहयोग गरे। रगत चढाएपछि सुनिता केही समय होसमा आएकी थिइन्। तर, अवस्था गम्भीर भएकाले उनलाई हेलिकोप्टरमार्फत बाहिर पठाउने तयारी भइरहेकै बेला बिहीबार बिहान करिब ३ बजे उनको निधन भयो।

    सुनिता यसअघि पनि यस्तै समस्याबाट गुज्रिएकी थिइन्। करिब एक वर्षअघि गर्भपतन हुँदा अत्यधिक रक्तस्राव भएपछि उनी जिल्ला अस्पताल पुगेकी थिइन्। त्यतिबेला पनि धेरै मात्रामा रगत चढाएर उनको जीवन बचाइएको थियो। चिकित्सकहरूले त्यही अवसरमा उनलाई सुत्केरीका बेला अस्पतालमै आउन र औषधि चिकित्सकको सल्लाहबिना नखान चेतावनी दिएका थिए।

    सोरु गाउँपालिकामा प्रसूति केन्द्रहरू स्थापना भए पनि अझै धेरै महिलाहरू घरमै सुत्केरी हुने गरेका छन्। डा. शाहीका अनुसार स्वास्थ्य संस्थामा पुगेर प्रसूति गराउने भन्दा घरमै गर्ने परम्परा अझै बलियो छ। “यसरी जटिलता बढ्छ, रक्तस्राव जस्तो जोखिमलाई रोक्न सकिँदैन,” उनले भने।

    जिल्ला अस्पतालका प्रमुख डा. निर्मल नगरकोटीले सुनितालाई ल्याउँदासम्म सालनाल नझरेको र शरीर अत्यधिक रक्तस्रावका कारण कमजोर भइसकेको बताए। “रगत चढाएपछि केही समय सुधार देखिए पनि अवस्था नियन्त्रणमा आउन सकेन। हाम्रो अस्पतालमा ब्लड बैंक भए यस्ता धेरै ज्यानहरू बचाउन सकिन्थ्यो,” उनले भने।

    स्थानीयहरूका अनुसार मुगु जिल्लामा अझै पनि पर्याप्त स्वास्थ्य पूर्वाधार छैन। अप्ठ्यारो भौगोलिक संरचना, यातायात सुविधा अभाव र आकस्मिक स्वास्थ्य सेवा पहुँच नपुग्दा महिलाहरूको जीवन जोखिममा पर्छ।

    सुनिताको निधनले परिवार शोकाकुल छ। तीन सन्तानकी आमा सुनिताले यसपटक छोरा जन्माएकी थिइन्। अहिले नवजात शिशु भने स्वास्थ्यकर्मीहरूको निगरानीमा जिल्ला अस्पतालमै राखिएको छ। चिकित्सकहरूले शिशुको अवस्था सामान्य रहेको बताएका छन्।

    नेपालले पछिल्ला वर्षहरूमा मातृमृत्युदर घटाउने लक्ष्य राखे पनि मुगु, जुम्ला, डोल्पा जस्ता दुर्गम जिल्लामा अझै पनि सुत्केरी महिलाहरू जोखिममा छन्। ब्लड बैंक, आपतकालीन ढुवानी, तालिमप्राप्त स्वास्थ्यकर्मी, सुरक्षित प्रसूति केन्द्र विस्तार र सचेतना कार्यक्रम प्रभावकारी नभएसम्म यस्ता मृत्यु दोहोरिने स्वास्थ्यकर्मीहरू बताउँछन्।

    Post Views: 88

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    जुम्लामा ६ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

    जुम्लाका स्याउ किसानले बिमाकाे क्षतिपूर्ति पाउने

    भूकम्प सुरक्षा दिवसमा प्रभात फेरी कार्यक्रम

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा दश जनाको उम्मेदवारी दर्ता

    January 20, 20260 Views
    0 Views

    तिला गाउँपालिका–९ को रासा मालापानी आज पनि सडक र विद्युत् सुविधाबाट वञ्चित झर्रो र टुकीको उज्यालोमा जीवन विताउन बाध्य

    January 20, 20260 Views
    0 Views

    मिचाकी नविना के.सी. समानुपाति सांसदको बन्द सूचीमा समावेश

    January 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.