भदौ २० जुम्ला
कृष्णमाया उपाध्याय
नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवशको अवसरमा मुगुको खत्याड गाउँपालिका २ कि जीरकला भियाललाई कम्बल वितरण गरिएको छ । पत्रकार कृष्णमाया उपाध्यायको पहलमा कम्बल वितरण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौलाको डायलासिस गर्दै आउनु भएका भियाल जुम्लामा डेरा गरेर बस्दै आउनु भएको छ ।
उहाँलाई ओठ्ने, ओछ्याउने कपडाको अभावका बिच दिन बिताउन गा¥हो भएको हुनाले २ वटा कम्बल र १ वटा म्याड नेपाल रेडक्रस सोसाइटी जुम्लाका सभापति लोकदर्शन श्रेष्ठले हस्तान्तरण गर्नु भएको हो । व्यक्तीगत रूपमा उहाँलाई एक हजार रूपैयाँ समेत उहाँले प्रदान गर्नु भएको छ । पिडित भियालले उपचार गर्दागर्दै आफुसँग भएको सबै पैसा सकिएको हुनाले आफुलाई जुम्ला बजारमा डेरामा बस्न र खानाको लागि समेत समस्या भएको हुनाले मानवताको नाताले भए पनि सहयोग गरिदिन आग्रह गर्नु भएको थियो ।
नेपालमा २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो । मानवताको पक्षमा भन्ने मुलनारा सहित स्थापना दिवश मनाईएको हो । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा जुम्लाका जुम्ला बजारका विभिन्न स्थानमा विपद पूर्व तयारीको विषयमा सडक नाटक देखाएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको सहयोगमा चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थी हरूले नाटक प्रर्दशन गरेका हुन् । जुम्ला बजारको कृष्ण मन्दिर, जिल्ला प्रशासन कार्यलय अगाडि र जुम्ला बसपार्कमा समेत सडक नाटक देखाइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लामा कार्यरत कार्यक्रम परियोजना अधिकृत ईश्वरा सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्ला शाखामा औपचारिक कार्यक्रम पछि सडक नाटक देखाउनुको साथै विपन्नलाई कम्बल वितरण गरिएको हो ।

