पुस १० गते
राष्ट्यि प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाबाट उम्मेदवार सिफारिस गरेको दुई वटा पत्र सार्वजनिक भएपछि पत्रको आधिकारिकता माथि प्रश्न उठेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपा जुम्लाले छुट्टा छट्टै दुई पत्र सार्वजनिक गरेपछि आधिकारिता माथि प्रश्न उठेको हो । कार्यबाहक अध्यक्ष देविकृष्ण न्यौपानेको हस्ताक्षरमा प्रतिनिधिसभामा ज्ञानेन्द्र बहादुर शाहीलाई एकल सिफारिस सहित समानुपाति तर्फ पुरुष, महिला र दलित गरी १५ जनाको नाम सिफारिस गरेको पत्र सार्वजनिक भएको थियो ।
जुम्ला सहित देशका ६ जिल्लाबाट ज्ञानेन्द्र बहादुर शाही प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएको समचारले बुधबार निकै चर्चा पनि पायो । तर त्यो चर्चा चलेको केही समय नबित्दै ज्ञानेन्द्र शाहीकै जिल्ला जुम्लाबाटै राप्रपाको उम्मेदवार सिफारिसको अर्को पत्र सार्वजनिक भयो । कार्यबहाक अध्यक्ष भवानी प्रसाद न्यौपानेको हस्ताक्षरमा प्रत्यक्ष तर्फ भिम बहादुर शाही सहित समानुपाति ५ जना गरी ६ जनाको नाम सिफारिस गरेको पत्र सार्वजनिक भएपछि कुन पत्र आधिकारिक हो ? भन्ने कुराले जनतामा प्रश्न उब्जीएको छ ।
राप्रपा पार्टीको विशेष स्रोत संग बुझ्दा कार्यबाहक अध्यक्ष भवानि प्रसाद न्यौपानेले हस्ताक्षर गरी उम्मेदवार सिफारिस गरेको पत्र आधिकारिक रहेको बुझिएको छ । किनकी राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले नै आधिकारिक कार्यबाहक अध्यक्षकको जिम्मेवारी देविकृष्ण अधिकारीलाई दिएको र फागुन २१ गते हुने निर्वाचनको उम्मेदवार सिफारिस गर्न समेत जिम्मेवारी तोकेको पत्रले ज्ञानेन्द्र शाहीलाई सिफारिस गरेको पत्र आधिकारिक रहेको राप्रपा एक नेताले बताउनु भयो ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी जुम्लाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । पार्टी केन्द्रको सर्कुलरविपरीत जुम्लाबाट प्रत्यक्षतर्फ पाँचजनाको नाम सिफारिस भएको हो । सिफारिस गरिएकाहरूमा नरेश भण्डारी, दलबहादुर जिसी, नवराज न्यौपाने, अम्मराज शाही र हरि रावल रहनु भएको छ ।
नेकपाले पुस ४ गते सर्कुलर जारी गर्दै प्रतिनिधिसभा निर्वाचनको लागि एक निर्वाचन क्षेत्रबाट जेनजी र महिलसहित पाँचजनाको नाम सिफारिस गर्न भनेको थियो । तर जुम्लाबाट भने जेनजी र महिलाको प्रतिनिधित्व नगरी पाँचजनाको नाम सिफारिस भएको हो । नेकपा जुम्लाका नेता नवीन शर्माले पार्टी जिल्ला कमिटीको छलफलपछि सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरिएको बताउनु भयो । बैठकमा महिला र जेनजी कसैको पनि उमेदवार नपरेकाले सिफारिस नभएको दाबी गर्नुभयो ।

