Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - राष्ट्रिय सभा निर्वाचनमा ललितजंग शाहीको उम्मेदवारी
    समाचार

    राष्ट्रिय सभा निर्वाचनमा ललितजंग शाहीको उम्मेदवारी

    naurate nepaliBy naurate nepaliJanuary 7, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    481239207 1289067982383615 8029729797328823693 n
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    पुस २३ जुम्ला
    नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसले कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने उम्मेदवारका रूपमा शाहीलाई अघि सारेको हो । जुम्ला तथा समग्र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका शाही नेपाली कांग्रेसभित्र अनुभवी र संगठनप्रेमी नेताका रूपमा परिचित हुनुहुन्छ ।

    कर्णालीका दुर्गम जिल्ला, विकासमा पछाडि परेका समुदाय, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई निरन्तर उठाउँदै आउनुभएका शाहीलाई पार्टीले राष्ट्रिय सभा जस्तो गरिमामय सदनका लागि उपयुक्त व्यक्ति ठहर गर्दै उम्मेदवार बनाएको जनाएको छ । कर्णालीका मुद्दा राष्ट्रिय नीति निर्माण तहसम्म पु¥याउन सक्ने क्षमता, राजनीतिक अनुभव र समन्वयकारी भूमिकाका कारण शाहीलाई उम्मेदवार बनाइएको नेपाली काँग्रेसले जनाएको छ ।

    प्रदेश सभापतिको हैसियतमा उहाँले पार्टी संगठनलाई जिल्लादेखि वडास्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ । शाहीले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै कर्णालीको समग्र विकास, पछाडि परेका वर्ग र क्षेत्रका आवाज राष्ट्रिय सभामा बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कर्णाली अझै पनि विकास, अवसर र पहुँचका हिसाबले पछाडि परेको क्षेत्र हो । यदि राष्ट्रिय सभामा पुग्ने अवसर पाए भने कर्णालीका नागरिकका अधिकार, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने उहाँको भनाइ छ ।

    राष्ट्रिय सभा संघीय संसदको महत्वपूर्ण अंग भएकाले यहाँ प्रस्तुत हुने नीति, कानून र राष्ट्रिय सरोकारका विषयले देशको दीर्घकालीन दिशालाई प्रभाव पार्ने गर्छन् । यस सन्दर्भमा कांग्रेसले कर्णालीबाट अनुभवी र क्षेत्रीय प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएको बताएको छ । कर्णाली प्रदेशमा कांग्रेसभित्र शाहीको उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको छ ।

    पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताले शाहीको उम्मेदवारीले कर्णालीको राजनीतिक उपस्थिति राष्ट्रिय स्तरमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । साथै, शाहीको उम्मेदवारीले कांग्रेस संगठनलाई थप उत्साहित बनाएको उनीहरूको भनाइ छ । माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरू मतदाता रहने व्यवस्था छ । यस निर्वाचनलाई कर्णालीको राजनीतिक भविष्य र राष्ट्रिय राजनीतिमा प्रदेशको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने अवसरका रूपमा समेत हेरिएको छ ।

     

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.