Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - अर्थतन्त्र - रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    अर्थतन्त्र

    रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप

    karnaliajaBy karnaliajaFebruary 4, 2026Updated:February 4, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Screenshot 20260204 112817 Video Maker
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    8 / 100
    Powered by Rank Math SEO
    SEO Score

    जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी प्रतिनिधि सभा सदस्य उम्मेदवार बिनिता कठायतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले भ्रामक र दुष्प्रचारयुक्त गतिविधि गरिरहेको गम्भीर आरोप लगाएकी छन्।

    उनका अनुसार गाउँ–गाउँमा पुगेर प्रत्यक्षतर्फ हलो र समानुपातिकतर्फ घण्टीमा मतदान गर्नुपर्ने भन्दै मतदातालाई गलत सूचना दिइँदै आएको छ, जसप्रति उनले कडा आपत्ति जनाएकी छन्।

    बुधबार बिहान रास्वपा जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कठायतले शाहीले योजनाबद्ध ढंगले झुटा सूचना फैलाएर जनमतलाई भ्रममा पार्न खोजेको बताइन्।

    “हलो र घण्टी एउटै हुन् भन्ने प्रचार खुलेआम भइरहेको छ,” उनले भनिन्, “यो सामान्य गल्ती होइन, मतदातालाई छल्ने गम्भीर षड्यन्त्र हो।” यस्ता गतिविधि निरन्तर भए कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी पनि उनले दिइन्।

    कठायतले स्पष्ट पार्दै भनिन्, रास्वपाको चुनाव चिन्ह घण्टी हो भने राप्रपाको चिन्ह हलो हो। फरक–फरक दल र चिन्हलाई एउटै भनेर प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरीत मात्र नभई नागरिकको मताधिकारमाथि सीधा आक्रमण भएको उनको भनाइ थियो।

    आफूहरू काठमाडौं फर्किएपछि चुनाव छाडेको भन्ने आरोपलाई उनले निराधार भन्दै खण्डन गरिन्। “काठमाडौं पुगेको दिनदेखि नै हामी सक्रिय रूपमा चुनावी अभियानमै छौं,” उनले भनिन्, “बालेन शाहलाई जुम्ला आउन मैले रोकेको भन्ने कुरा पनि पूर्णतः असत्य हो।”

    पत्रकार सम्मेलनमा कठायतले शाहीको राजनीतिक विगतप्रति संकेत गर्दै थप आलोचना गरिन्। उनले रास्वपाबाट टिकट मागी सुर्खेतबाट चुनाव लड्ने इच्छा देखाउने व्यक्ति अहिले रास्वपाकै विरुद्ध भ्रम फैलाइरहेको आरोप लगाइन्।

    उनका अनुसार ठोस एजेण्डाको अभावमा जनतालाई झुटा प्रचारमा अल्झाउने प्रयास भइरहेको छ। “एजेण्डा सकिएपछि घण्टी र हलो एउटै हुन् भनेर भ्रम छर्नु कत्तिको नैतिक हो ?” भन्दै उनले प्रश्न गरिन्।

    कठायतले फागुनको पहिलो सातामा रास्वपाका वरिष्ठ नेता बालेन शाह र पार्टी सभापति रवि लामिछाने जुम्ला आएर यथार्थ सार्वजनिक गर्ने दाबी समेत गरिन्। त्यसपछि ज्ञानेन्द्र शाहीको राजनीतिक अवस्थाको मूल्यांकन जनताले आफैं गर्ने उनको भनाइ थियो।

    रास्वपा र राप्रपाबीच कुनै पनि प्रकारको गठबन्धन नहुने स्पष्ट पार्दै उनले भनिन्, “रास्वपा संविधानप्रति प्रतिबद्ध दल हो। समाप्त भइसकेको राजतन्त्रलाई समर्थन गर्ने शक्तिसँग हाम्रो सहकार्य सम्भव छैन।” गठबन्धनको चर्चा निराधार हल्ला मात्र भएको उनले बताइन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.